प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम भएका छन् । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेस्थित श्री कुम्भकर्ण आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत भट्टराईले कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् ।
‘नेपालको संविधान र सङ्घीयता कार्यान्वयन’ विषयमा आयोजित प्रतियोगितामा जिल्लास्तरबाट छनोट भएका विद्यार्थीहरूबिच प्रदेशस्तरमा प्रतिस्पर्धा गराइएको थियो । भट्टराईले यसअघि ताप्लेजुङमा आयोजित जिल्लास्तरीय प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका थिए । जिल्लास्तरीय प्रतियोगितामा विभिन्न विद्यालयका ९ जना विद्यार्थी सहभागी थिए ।भट्टराईको सफलताबारे विद्यालयका प्रधानाध्यापक दिवस कार्कीले प्रदेशस्तरीय प्रतियोगितामा समेत उनले प्रथम स्थान हासिल गरेको जानकारी दिएका छन् । केही दिनअघि सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा प्रथम भएपछि प्रदेशस्तरीय प्रतिस्पर्धामा पुगेका भट्टराईले दोस्रो चरणमा पनि आफ्नो उत्कृष्टता कायम राखेका हुन् ।
भट्टराईलाई कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश प्रमुख पर्शुराम खापुङ, सामाजिक बिकास मन्त्री राम प्रसाद घिमिरे लगायतले नगद २५ हजार सहित सम्मान पत्र प्रदान गर्नुभएको हो ।
अर्बुद रोग निवारण संस्थाद्वारा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण
ताप्लेजुङ - नेपाल अर्बुद रोग निवारण संस्था ताप्लेजुङले २४ जना बिरामीलाई फलफुल बितरण गरेको छ । बुधबार संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा जिल्ला
ताप्लेजुङमा असोज ५ गतेदेखि खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुने
ताप्लेजुङ - ताप्लेजुङमा आर्थिक वर्ष २०८३÷८४ को प्रथम चरणको खोरेत रोगविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा
प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो निर्वाचित
फुङ्लिङ - नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बु) निर्वाचित हुनुभएको छ । शुनिबार सम्पन्न छैटौँ जिल्ला अधिबेशनबाट

प्रतिकृया दिनुहोस