ताप्लेजुङमा असोज ५ गतेदेखि खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुने
ताप्लेजुङ - ताप्लेजुङमा आर्थिक वर्ष २०८३÷८४ को प्रथम चरणको खोरेत रोगविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङमा मंगलबार खोपकर्ताको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै अभियानको पूर्वतयारी अन्तिम चरणमा पुगेको हो ।
यस वर्षको पहिलो चरणमा जिल्लाका २५ हजार ५ सय गाईभैँसीलाई खोरेत रोगविरुद्धको खोप लगाइनेछ । खोप तथा आवश्यक व्यवस्थापन सामग्री स्थानीय तहहरूलाई बुधबारदेखि हस्तान्तरण गरिने केन्द्रले जनाएको छ । कोशी प्रदेश सरकारको खोरेत रोग नियन्त्रण आयोजनाअन्तर्गत विगत दुई वर्षदेखि प्रदेशका १४ वटै जिल्लामा खोप अभियान सञ्चालन हुँदै आएको छ ।
पशुजन्य पदार्थको अन्तर्राष्ट्रिय व्यापारका लागि खोरेत रोग नियन्त्रण गर्ने उद्देश्यले इलामलाई जोन क्षेत्र घोषणा गरी कार्यक्रम अघि बढाइएको हो । यस वर्ष ताप्लेजुङमा खोप अभियान सञ्चालनका लागि ६३ जना खोपकर्ताको अभिमुखीकरण सम्पन्न भएको छ । असोज ५ गतेदेखि सुरु हुने अभियानले पशुधनमा खोरेत रोगको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
अर्बुद रोग निवारण संस्थाद्वारा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण
ताप्लेजुङ - नेपाल अर्बुद रोग निवारण संस्था ताप्लेजुङले २४ जना बिरामीलाई फलफुल बितरण गरेको छ । बुधबार संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा जिल्ला
प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो निर्वाचित
फुङ्लिङ - नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बु) निर्वाचित हुनुभएको छ । शुनिबार सम्पन्न छैटौँ जिल्ला अधिबेशनबाट

प्रतिकृया दिनुहोस