बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो निर्वाचित

रेडियो तमोर
|

फुङ्लिङ - नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बु) निर्वाचित हुनुभएको छ । शुनिबार सम्पन्न छैटौँ जिल्ला अधिबेशनबाट फुरुम्बोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको खुल्ला उपाध्यक्षमा तरुण भारती, महिला उपाध्यक्षमा रञ्जना गुरुङ, सचिबमा बिक्रम लाम्गादे, सह–सचिबमा किरण भट्टराई, कोषाध्यक्षमा सौगात बिष्ट चयन हुनुभएको निर्वाचन समितिका संयोजक धर्म प्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

यस्तै सदस्यहरुमा तृष्षा खिम्दिङ (लिम्बु), भूमिका शेर्पा, अनमोल इजम (लिम्बु), सबिना माबो (लिम्बु) र सुनिता पालुङ्वा (लिम्बु) चयन हनुभएको हो । अधिबेशनबाट संघीय प्रतिनिधी पनि चयन गरेको छ । संघीय प्रतिनिधिहरुमा आनन्द गौतम, धर्मप्रसाद पौडेल, माला पालुङ्वा, सन्तोष पुर्कृटी, देवराज गुरुङ तारा सिटौला चयन हुनुभएको हो । यता प्रदेश प्रतिनिधिमा रञ्जना गुरुङ, राजन गौतम, तरुण भारती, सौगात बिष्ट, तृष्षा खिम्दिङ (लिम्बु) र सबिना माबो (लिम्बु) सर्वसम्मत चयन हनुभएको हो । 

 

कार्यक्रममा नेपाली कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, कोशी प्रदेश सरकारका पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, फुङ्लिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेन, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की, फुङ्लिङ नगरपापलिका वडा नं. ६ का अध्यक्ष मदन  (तेज) गुरुङ, वडा नं.१ का अध्यक्ष रुद्र कुमार मादेन, पत्रकार महासंघ केन्द्रिय सदस्य माला पालुङ्वा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य खगेन्द्र अधिकारी, पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिम कुमार बाँस्कोटा, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य लगायत बिभिन्न प्रेस संगठनका प्रमुख तथा प्रतिनिधि साथै सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम

ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम

अर्बुद रोग निवारण संस्थाद्वारा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण

ताप्लेजुङ - नेपाल अर्बुद रोग निवारण संस्था ताप्लेजुङले २४ जना बिरामीलाई फलफुल बितरण गरेको छ । बुधबार संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा जिल्ला

ताप्लेजुङमा असोज ५ गतेदेखि खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुने

ताप्लेजुङ - ताप्लेजुङमा आर्थिक वर्ष २०८३÷८४ को प्रथम चरणको खोरेत रोगविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा