बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम फुङलिङमा आयव्यय सार्वजनिक गर्दै चौथो संस्करणको प्रतियोगिता सञ्चालन गर्दा उक्त रकम खर्च भएको जनाएको छ । 

 

समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार हालसम्म ६५ लाख ८८ हजार ५ सय ९९ रुपैयाँ रकम मात्र प्राप्त भएको छ । विभिन्न सङ्घसंस्था, व्यक्ति तथा स्थानीय तहले कबोल गरेको ३५ लाख ५ हजार रुपैयाँ रकम प्राप्त हुन बाँकी रहेको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै खर्चभएको मध्ये २७ लाख ७९ हजार १ सय ५१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कोषाध्यक्ष शेर्पाको भनाइ छ । कबोल अनुसारको रकम प्राप्त भएमा समितिसँग ७ लाख बढी बचतको रुपमा रहने बताइएको छ । 

 

समितिले यस पटकको प्रतियोगितामा टिकटबाट मात्र ५२ लाख ९६ हजार ९ सय ४८ रुपैयाँ रकम सङ्कलन गरेको छ । गेट टिकटबाट ३८ लाख २८ हजार ६ सय ५० रुपैयाँ र प्याकेज टिकटबाट १४ लाख ६८ हजार २ सय ९८ रुपैयाँ गरि झण्डै ५३ लाख रुपैयाँ सङ्कलन गरेको समिलिते जनाएको छ । समितिका अनुसार प्याराफिट निर्माणका लागि १० लाख ४ हजार ४ सय ४६ रुपैयाँ, रेफ्री तथा प्रशिक्षकका लागि ४ लाख ७६ हजार २ सय, कार्यालय सञ्चालन तथा प्राविधिकमा ५ लाख ५० हजार र प्रत्यक्ष प्रसारण तथा स्वयंसेवक परिचालनमा ३ लाख ४९ हजार रुपैयाँ खर्च भएको शेर्पाले बताउनुभयो । यस्तै आठ ओटा टीम व्यवस्थापनमा २५ लाख ५२ हजार ३ सय ५०, सांस्कृतिक नृत्यतर्फ ३ लाख ५० हजार ५ सय, पुरस्कार लागयतका क्षेत्रमा १२ लाख ४२ हजार ६ सय १५ रुपैयाँ खर्च गरेको जनाएको छ । त्यस्तै अन्य रकम खेलमैदान तयार, स्टेज व्यवस्थापनका लागि जनशक्ति परिचालन, यातायात प्रयोग, अतिथि सत्कार लगायतको क्षेत्रमा खर्च भएको विवरणमा उल्लेख गरिएको छ । 

 

गत भदौ १२ गतेदेखि १९ गतेसम्म भानुजन माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगिताको उपाधि गत वर्षको विजेताले सलहेश युवा क्लब सिराहाले नै हात पारेको छ । समितिले गरेको खर्चको विवरण फुङलिङस्थित तोक्मेडाँडाको खुल्ला क्षेत्रमा सार्वजनिक गरेको हो ।  

प्रतिकृया दिनुहोस

‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित

बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार

नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश

ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

ताप्लेजुङ गोल्डकप आजबाट सुरु हूँदै, उद्धघाटनमा आयोजकले भारतको सामना गर्दै

ताप्लेजुङ - चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । फुङलिङस्थित भानुजन माद्यमिक