बिहीबार-कार्तिक-१२-२०८३/ 29-Thursday-October-2026

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

रेडियो तमोर
|

काठमाण्डाै – जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

 

जिल्ला न्यायाधीश हरिसिंह धामीको एकल इजलासले आज अध्यक्ष नेम्वाङ र महासचिव राईलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

 

मुद्दा दर्ता भएपछि फरार रहेका अध्यक्ष नेम्वाङ र महासचिव राईले आज अदालतमा हाजिर भई बयान दिएका थिए । उनीहरूविरुद्ध फिफा विश्वकप छनोटअन्तर्गतको खेल बहराइनमा सार्न मिलेमतो गरेको, टिकट बिक्रीको रकम अपचलन गरेको तथा आर्थिक कार्यविधि विपरीत खेलकुद सामग्री खरिद गरी अनियमितता गरेको अभियोग छ ।

 

यसअघि यही प्रकरणमा प्रतिवादी बनाइएका कोषाध्यक्ष रविन्द्र जोशी १५ लाख र लेखा अधिकृत सञ्जीव पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

तेश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला मंसिर २ गतेदेखि

ताप्लेजुङ – तेश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला आगामी मंसिर २ गतेदेखि हुने भएको छ । फङ्फङदेन झरना पर्यटन विकास समितिको आयोजना

फुलबारीमा चौथो विजया दशमी खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

ताप्लेजुङ-   ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –२ फुलबारीमा चौथो विजया दशमी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी

↑