मंगलबार-असोज-२०-२०८३/ 06-Tuesday-October-2026

फुलबारीमा चौथो विजया दशमी खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

एसिका सेन्दाङ
|

ताप्लेजुङ-

 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –२ फुलबारीमा चौथो विजया दशमी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ओएसिस युनाइटेड क्लबको आयोजनामा वडा स्तरीय पुरुष फुटबल, पालिका स्तरीय महिला फुटबल र वडा स्तरीय १४ वर्ष मुनिको प्रतियोगिता हुने भएको छ ।

 

प्रतियोगिता असोज ३० गते देखि फुलबारीको महभिर खेलमैदानमा हने आयोजकले जनाएको छ । नेपालीहरूको महान चार्डपर्व विजया दशमीको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।


प्रतियोगितामा पुरुष तर्फको विजेताले एक लाख २१ हजार १११ रुपियाँ र उपविजेताले ६६ हजार ६ सय ६६ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । त्यस्तै महिला तर्फको विजेताले ४१ हजार १ सय ११ रुपियाँ र उपविजेताले २१ हजार १ सय ११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ ।

 

यस्तै आयोजकका अनुसार १४ वर्ष मुनिको प्रतियोगितामा प्रथम हुनेलाई नगद ८ हजार र दोस्रो हुनेलाई ४ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  यस्तै सांस्कृतिक तर्फको सामूहिक नृत्यमा प्रथम, दोस्रो र तेश्रो हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार प्रदान गरिने छन भने एकल नृत्यमा प्रथम, दोस्रो र तेश्रो हुनेलाई क्रमश ३ हजार, २ हजार र १ हजार उपलब्ध गराइने बताइएको छ ।


प्रतियोगितामा सहभागि हुन चाहने टिमले आगामी असोज २८ गते साँझ ५ बजेसम्म दर्ताका लागि समय निधाणर गरिएको छ । दर्ताका लागि पुरुष तर्फ ५ हजार र महिला तर्फ १ हजार ५ सय शुल्क तोकिएको छ ।  
 

प्रतिकृया दिनुहोस

फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित

बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार

↑