तेश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला मंसिर २ गतेदेखि
ताप्लेजुङ – तेश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला आगामी मंसिर २ गतेदेखि हुने भएको छ । फङ्फङदेन झरना पर्यटन विकास समितिको आयोजना पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म ५ दिने मेला सञ्चालन गर्ने भएको हो ।
समिति सोमबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरि मिक्वाखोला गाउँपालिकाको साँवा स्थित तेम्वामा मेला सञ्चालन गर्नेबारे जानकारी गराएको हो । समितिका अध्यक्ष विजय साँवाका अनुसार लघु, उद्यम तथा परम्परागत उत्पादनहरूको बजारीकरणमा सहयोग गर्दै फुङ्फुङ्गे झरनाको प्रवर्द्धन तथा प्रचारप्रसार गर्दै पर्यटनमैत्री गन्तव्य स्थापना गर्नुका साथै समग्र जिल्लाको पर्यटन विकासमा टेवा पु¥याउनका लागि मेला सञ्चालन गर्न लागिएको हो ।
मेलामा अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्नुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा वृहत साँस्कृतिक–साँगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ । पुरुष फुटबलतर्फको विजेताले नगद तीन लाख दुई हजार ८३ रुपियाँ र उपविजेता एक लाख ५२ हजार ८३ हजार रुपियाँ बराबरको अलैँची पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त आयोजकको भनाइ छ । गत वर्षको विजेता र उपविजेतालाई पनि पुरस्कार स्वरुप पूर्व घोषित रकम बराबरको अलैँची प्रदान गरिएको थियो । अलैँचीको प्रवर्द्धनका लागि यस वर्ष पनि पुरस्कारको रुपमा अलैँची नै प्रदान गर्न लागिएको समितिले जनाएको छ । प्रतियोगितामा सहभागी हुने टिमको टुङ्गो भने केही दिन पछि लाग्ने खेलकुद व्यवस्थापन उपसमितिका संयोजक डिल्ली लिम्बूले जानकारी दिनुभयो ।
मेला सञ्चालन लागि करिब १९ लाख ५० हजार ११२ रुपियाँ खर्च हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुकबहादुर साँवा लिम्बूले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकार, पालिकाभित्र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाहरू तथा खेलप्रेमी महानुभावअनुसार प्राप्त हुने रकमबाट मेला सञ्चालन गरिनेछ ।
फुलबारीमा चौथो विजया दशमी खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने
ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –२ फुलबारीमा चौथो विजया दशमी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण
ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

प्रतिकृया दिनुहोस