फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण
ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले समितिको कार्यालयमै पुगेर बोर्ड हस्तान्तरण गर्नु भएको हो ।
आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि अभ्यास खेल खेल्न नगरपालिकाले बोर्ड खरिद गरि खेलकुदलाई हस्तान्तरण गरेको हो । जिल्लाबाट छनोट हुने खेलाडीलाई अत्याधुनिक बोर्डमार्फत अभ्यास खेल खेलाई अब्बल बनाउने उद्देश्यले बोर्ड खरिदका लागि नगरपालिकासँग माग गरेको थियो । सोही मागका आधारमा नगरपालिकाले एक लाख ५० हजार रुपियाँमा बोर्ड खरिद गरि समितिलाई हस्तान्तरण गरेको उपप्रमुख ओझाले जानकारी दिनुभयो ।
खेलकुद समितिका अनुसार कार्यालय समयमा इच्छुक खेलाडीले टेनिस टेबलका निःशुल्क रुपमा अभ्यास खेल खेल्न पाउनेछन् । अभ्यास खेलका लागि प्रशिक्षकको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।
खेलकुद विकास समितिका अध्यक्ष चन्द्र थेवेका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न ३२ ओटा विधाका खेलमा सहभागी हुन खेलाडीलाई फाराम भर्न आह्वान गरिएको छ । आगामी असोज १९ गतेसम्म जिल्लाका इच्छुक खेलाडीलाई नाम दर्ताका लागि आह्वान गरिएको अध्यक्ष थेवेले जानकारी दिनुभयो । इच्छुक खेलाडीले समितिको कार्यालयमा विहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई फाराम भर्न सक्नेछन् । फाराम भर्न आउँदा खेलाडीले नागरिकता वा जन्मदर्ताको फोटोकपी र पासफोटो दुई प्रति ल्याउनु पर्ने कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख यज्ञनीनि पौडेलका अनुसार खेलाडीले ३२ विधाका खेलहरू आर्चरी, एथ्लेटिक्सका सम्पूर्ण इभेन्ट्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ र फुटबलमा सहभागिता जनाउन पाउनेछन् । त्यस्तै फुल कन्ट्याक, कराँते, जिम्न्यास्टिक, हक्की, आईटीएफ तेक्वान्दो, जुडो, कबड्डी, खोखो, रग्वी, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, सेपाकताक्रो लगायतका विधाका खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।
जिल्लाबाट प्रदेशका लागि छनोट भएका र प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुने खेलाडीहरूलाई दैनिक भत्ता सहित पोशाक, आवास तथा यातायातको समेत राज्यले व्यवस्था गर्ने कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम
‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित
बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार
नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश
ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

प्रतिकृया दिनुहोस