ताप्लेजुङमा बेपत्ता भएको ६ दिनपछि महिला मृतअवस्थामा फेला
ताप्लेजुङ – ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृत अवस्थामा फेला परेको छ । आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी ३३ वर्षीया निर्मला पोमुलाई मृत अवस्थामा फेला पारिएको हो ।
गत भदौ २१ गते बिहानदेखि बेपत्ता भएको महिला मृत अवस्थामा फेला परेको स्थानीय रोशन शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार दिउँसो साढे १ बजे खोजी गर्ने क्रममा गजलडाँडा भीरमा महिलालाई मृत अवस्थामा भेटिएको हो । स्थानीयका अनुसार शव सडेको अवस्थामा भेटिएको छ । गजलडाँडा भीरको बाटोदेखि करिब ३ सय मिटर तल शव भेटिएको बताइएको छ । बाटोबाट लडेर महिलाको मृत्यु भएको हुन सक्ने स्थानीयको प्रारम्भिक अनुमान रहेको छ । हाल घटनास्थलमा निगुरादिनको अस्थायी प्रहरी चौकी खटेको छ ।
घटनाको विषयमा थप अनुसन्धान तथा शवको कानूनी प्रक्रिया पुरा गर्न इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) कमल बजगाईले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी रहेको छ ।
ताप्लेजुङको खेबाङमा खेलकुद महोत्सव हुँदै
ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको खेबाङमा आगामी कात्ति १६ गते देखि २१ गते सम्म
बाढीपीडितका लागि साङ्क देछ्योलिङ गोन्पा विद्यालयद्वारा आर्थिक सहयोग प्रदान
ताप्लेजुङ – श्री साङक देछयोलिङ गोन्पा विद्यालय परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका आर्थिक सहयोग संकलन गरेको छ । गत भदौ १० गते गएको
विरेन्द्र युवा क्लबले चुम्यो कुलकर्ण महिला फुटसलको उपाधि
ताप्लेजुङ - हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले

प्रतिकृया दिनुहोस