कांग्रेस ताप्लेजुङ क्षेत्र नं. ‘क’ को नेतृत्व छान्न सकश, खिम्दिङ र चौहानको अडान कायमै
ताप्लेजुङ - नेपाली कांग्रेसको क्षेत्रीय अधिबेशन अन्र्तगत ताप्लेजुङको क्षेत्र नं. (क) को नेतृत्व चयनमा सकस देखिएको छ । सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास रहेपनि सभापतिका आकांक्षीद्धयले आफ्नो अडान नछाडेपछि नेतृत्व छान्ने निर्वाचनमा जाने चरणमा पुगेको हो । सभापति पदका मुख्य आकांक्षी लालकृष्ण चौहान र गणेश कुमार खिम्दिङले आफ्ना दाबी छाड्नु भएको छैन । ५ जना आकांक्षी मध्ये ३ जनाले दाबी छाडेपनि २ उम्मद्धारबिच सहमति हुन सकेको छैन् । खिम्दिङ वर्तमान क्षेत्रिय समितिको उपसभापति हुनुहुन्छ भने चौहान निर्वामान सिरिजङ्घा गाउँकार्यसमितिका सभापति र सोही गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । जस अन्र्तगत क्षेत्र (क) को नेतृत्व चयन सहमतिमा भए महाधिबेशन प्रतिनिधिका छनौटको प्रकिृया सुरु हुनेछ ।
निर्वाचन समितिका संयोजक शिवराज पोखरेलका अनुसार मतदान बुधबार बिहान ७ बजेबाट मध्यान्हको १२ बजेसम्म हुनेछ । संगै सहमति गराउन प्रयास भने जारी रहेको नेताहरुले दाबी गरेका छन् । १६ सदस्य सहजीकरण समितिनै बनाएर सहमति गराउन प्रयास पनि जारी छ । आज बिहानबाटै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने भनिएपनि हिजो स्थगित गरिएको उम्मेद्धारी दर्ताको काम आज पनि रहेकाले निर्वाचनको कार्यक्रको मिति प्रभावित भएको हो । उता क्षेत्र नं. (ख) मा सोमबार नै उदय आङ्बहाङलाई सभापतिमा अघि सारेर जाने सहमति भएसंगै सबै कार्यसमिति पनि सर्वसम्मत रुपमा निर्वाचित भएको नेताहरुले बताएका छन् । यद्यपि निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।
अब निर्वाचन मार्फत ताप्लेजुङबाट बिभिन्न कोटाबाट गरी ३३ जना केन्द्रिय महाधिबेशन प्रतिनिधि निर्वाचित हुनेछन् । जसमा प्रत्येक गाउँपालिका र नगरपालिकाका सभापति स्वत् महाधिबेशन प्रतिनिधि हुनेछन् भने खुल्ला, आदिबासी जनजाति, अल्पसंख्यक, दलित, दलित (समानुपातिक), अपाङ्ग, महिला लगायतका क्लस्टरबाट निर्वाचित हुनेछन् । यस्तै प्रदेश प्रतिनिधिमा २४ जना निर्वाचित हुनेछ, जसमा पनि बिभिन्न क्लस्टरबाट प्रतिनिधि छनौट हुनेछन् । केन्द्रिय र प्रदेश महाधिबेशन प्रतिनिधिमा ताप्लेजुङबाट ५७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार कतिपय पदमा निर्विरोध निर्वाचित भएका छन् । ५७ महाधिबेशन प्रतिनिधि (केन्द्रिय र प्रदेश) पदका लागि १ सय जना भन्दा बढीको उम्मेद्धारी परेको बुझिएको छ । ताप्लेजुङमा ६१ वटै वटाबाट गरी १ हजार ४ सय ६४ जना क्षेत्रिय प्रतिनिधि छनौट भएर सदरमुकाम आएका छन् ।
जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले
अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्मा नउठाउनू - गृहमन्त्री गुरुङ
काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन
काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

प्रतिकृया दिनुहोस