बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

रेडियो तमोर
|

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई  निर्देशन दिनुभएको हो ।

 

बाढी र सडक अबरुद्धलगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाण्डौ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उहाँको सचिवालयले जनाएको छ । यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने उहाँको विश्वास छ । 

प्रतिकृया दिनुहोस

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा