कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन
काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘राजनीतिक स्थायित्वमा असर पार्नेगरी निर्णय लिनु हुन्न भन्ने भयो,’ उच्च स्रोत भन्छ, ‘अब हिक्मत कार्कीकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’ संविधानको धारा १६८ ९५० बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएकाले पनि उनैलाई निरन्तरता दिने सहमति जुटेको स्रोत बताउँछ । अध्यक्ष ओली कार्कीलाई हटाएर ताप्लेजुङबाट निर्वाचित सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्थे । त्यसैअनुसार मेन्याङ्बोसँग ओलीले कुरा गरेका थिए । तर पार्टी केन्द्रीय सचिव समेत रहेका कार्कीले राजनीतिक अस्थिरता निम्तनेगरी सरकार परिवर्तन गर्न नहुने तर्क गरेका थिए । कार्कीलाई उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले साथ दिएका थिए ।
पार्टीभित्र पुनर्गठनको अभियान चलाइरहेका यी नेताहरूको अडान बमोजिम नै कार्कीलाई निरन्तरता दिने सहमति गुन्डुमा भएको छ । कोशीकै जस्तो सहमति लुम्बिनीमा पनि जुटेको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई हटाउने तयारी ओलीले गरेका थिए । तर गुन्डुमा जुटेको सहमति बमोजिम आचार्यले नै निरन्तरता पाउने भएका छन् । ‘संसदीय दलका नेता रहनु भएका मुख्यमन्त्रीहरूलाई नै निरन्तरता दिने सहमति भयो,’ एक नेता भन्छन् । लुम्बिनीको सरकारबारे सहमति जुटाउन पूर्वमूख्यमन्त्री लिला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल लगायतलाई गुन्डु बोलाइएको थियो । कोशी र लुम्बिनीमा हालकै मुख्यमन्त्रीहरूलाई निरन्तरता दिने सहमति भएपनि बागमती सरकारबारे भने कुरा मिल्न सकेन । बागमतीमा ओलीले भक्तपुर–२ ९क० बाट निर्वाचित किरण थापामगरलाई मुख्यमन्त्री बनाउनुपर्ने अडान लिएका छन् । तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेल भने प्रदेश संसदीय दलका नेता जगनाथ थपलिया नै मुख्यमन्त्री बन्नुपर्ने अडानमा छन् । पाँच दशक लामो राजनीतिक योगदान भएका सिनियर नेतालाई हटाएर जुनियर नेता थापामगरलाई अगाडि बढाउँदा राम्रो सन्देश नजाने उनीहरूको अडान छ ।
‘अनुभव, इमान, योग्यता र बरियताका आधारमा एमालेमा थोरै नेतामा पर्नुहुन्छ, जगनाथ थपलिया,’ पोखरेल निकट एक नेता भन्छन्, ‘उहाँको विकल्पमा अगाडि बढाइन लागेको पात्रबारे एमाले पंक्ति परिचित नै छ । त्यसैले यसमा कुरा मिलाउन बाँकी छ ।’ पञ्चायत विरोधी संघर्षका क्रममा जेल बसेका, विद्यार्थी राजनीतिबाट आएका र संसदीय अनुभव लिइसकेका थपलियाको विकल्पमा किरण थापामगर हुन नसक्ने अडान पौडेल–पोखरेलले राखेका छन् । तर जेनजी आन्दोलनपछि आफूलाई गुन्डुमा अस्थायी निवास र स्थायी घर निर्माण अभियानमै जोडिएका थापालाई जसरी पनि मुख्यमन्त्री बनाउने अडान ओलीले लिएका छन् । २०७३ सालमा राप्रपाबाट आएका थापामगर ०७४ सालको स्थानीय चुनावमा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष निर्वाचित भएका थिए । ०७९ को चुनावमा मेयर पदको उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । तर पार्टी सचिव महेश बस्नेतको साथ पाएर प्रदेश सांसदको उम्मेदवार बने । महेशले हार्दा पनि चुनाव जितेका थापाले बागमतीमा दुईपटक स्वास्थ्यमन्त्री बन्ने अवसर पाइसकेका छन् । स्रोतका अनुसार, भोलिसम्म बागमतीको पनि मुख्यमन्त्री टुंग्याउने तयारी छ । ‘आज चार घण्टा जति यही विषयमा छलफल भयो । तर विष्णु पौडेल उठेर हिडेपछि थप कुरा भएन,’ स्रोत भन्छ, ‘भोलिसम्म छलफल गरेर टुंग्याउने कुरा छ ।’ दिउँसो १ बजेबाट झण्डै चार बजेसम्म ओली, पौडेल र पोखरेलबीच गुन्डुमा छलफल भएको थियो ।
अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्मा नउठाउनू - गृहमन्त्री गुरुङ
काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा
मधेशका रास्वपा सांसदहरूले रविलाई भेटेर गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा
नेविसंघ ताप्लेजुङको कार्यवहाक सभापतिको जिम्मेवारी खिम्दिङलाई प्रदान
बिक्रम लाम्गादे, फुङ्लिङ - नेपाल बिद्यार्थी संघ (नेविसंघ) ताप्लेजुङको कार्यवहाक सभापतिको जिम्मेवारी अर्जुन खिम्दिङलाई प्रदान गरिएको छ । सभापति

प्रतिकृया दिनुहोस