बुधबार-असोज-१४-२०८३/ 30-Wednesday-September-2026

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

रेडियो तमोर
|

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा नउठाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

 

बलात्कारजस्ता संवेदनशील विषयले पीडित परिवारलाई थप पीडा दिने भएकोले संसद्‍मा राख्न नहुने उहाँको तर्क छ । प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो रु यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो रु भनेर सोध्नुभएको थियो । 

 

जवाफमा गृहमन्त्री गुरुङले उल्टै तपाईँहरू सत्तामा हुँदा किन नगर्नुभएको रु भन्दै प्रतिप्रश्न गर्नुभयो । यो विषयको भारी नयाँ सरकारलाई नबोकाउन भन्दै उहाँले यस विषयमा सरकारले सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जवाफ दिनुभयो ।

प्रतिकृया दिनुहोस

कांग्रेस ताप्लेजुङ क्षेत्र नं. ‘क’ को नेतृत्व छान्न सकश, खिम्दिङ र चौहानको अडान कायमै

ताप्लेजुङ - नेपाली कांग्रेसको क्षेत्रीय अधिबेशन अन्र्तगत ताप्लेजुङको क्षेत्र नं. (क) को नेतृत्व चयनमा सकस देखिएको छ । सहमतिबाटै नेतृत्व चयन गर्ने

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

↑