समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान
ताप्लेजुङ - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही बिद्यालयका पूर्व बिद्यार्थी समेत र रहेका भण्डारी र उहाँका आमा पबित्रा भण्डारीले लगातार तीन वर्षमा उक्त संख्यामा झोला बितरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार भण्डारीले २०८१ सालमा ३५ थान, २०८२ सालमा ३८ थान र २०८३ सालमा ३० थान गरी जम्मा १ सय ३ थान झोला हस्तान्तरण गर्नुभएको हो । भण्डारीको उक्त कदमको प्रशंसा गर्दै शैक्षिक गुणस्तर अभिवद्धिका लागि योगदान पु¥याएको भन्दै बिद्यालयले भण्डारी र उहाँका आमालाई सम्मानपत्र सहित सम्मान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय सुब्बाले जानकारी दिनुभयो । झोला वडाध्यक्ष लक्षुमन गुरुङ सहितको उपस्थितीमा बिद्यार्थीलाई बितरण गरिएको बिद्यालयले जनाएको छ ।
अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु
ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी
कार्की परिवारले स्थापना गरे मयाम मावि फुरुम्वुमा दुई लाख रुपैयाँको अक्षयकोष
ताप्लेजुङ – पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले मयाम माध्यमिक विद्यालय फुरुम्बुमा अक्षयकोष स्थापना गर्नु भएको छ । शैक्षिक गुणस्तरलाई
चाडपर्वलाई लक्षित गर्दै ताप्लेजुङको फुङलिङ बजार शुक्रवार खुला हुने
ताप्लेजुङ - साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार आगामी शुक्रवार देखि खुला हुने भएको छ । ताप्लेजुङ उद्योग

प्रतिकृया दिनुहोस