शुक्रबार-असोज-१६-२०८३/ 02-Friday-October-2026

चाडपर्वलाई लक्षित गर्दै ताप्लेजुङको फुङलिङ बजार शुक्रवार खुला हुने

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार आगामी शुक्रवार देखि खुला हुने भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले आगामी शुक्रबारदेखि फुङलिङका बजार पसल खुला गर्ने भएको हो । 

 

मङ्गलबार बसेको सङ्घको बैठकले असोज १६ गते शुक्रबार देखि कात्तिक २७ गते शुक्रवार सम्म फुङलिङका बजार पसल खुला हुने निर्णय गरेको सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर ४ गते शुक्रबारदेखि भने बजार पुन साविककै नियमानुसार बन्द गर्ने बैठकले निर्ण गरेको छ ।  

 

नजिकिँदै गरेको नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतको पर्वको अवसरमा सेवाग्राहीलाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले साप्ताहिक रुपमा बन्द हुने बजार पसल करिब डेढ महिनाको लागि शुक्रबार समेत खुला गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो । 

 

वि.सं. २०६० सालदेखि संघले १५–१५ दिनमा बन्द गर्दै आइरहेको बजार पसल २०६५ सालदेखि साप्ताहिक रुपमा बन्द हुन थालेको थियो । व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्वमा समेत सहभागी गराउन, व्यवसायीहरूले राखेको कर्मचारीलाई सातामा एक दिन बिदा दिने लगायतका उद्देश्यले सङ्घले सातामा एक दिन फुङलिङ बजार बन्द गर्दै आइरहेको छ । 

 

त्यस्तै सङ्घले सूचना जारी गर्दै चाडपर्वको समयमा उपभोक्ताको चापलाई मध्यनजर गर्दै विक्रीमूल्यमा एकरूपता कायम गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, म्याद गुज्रिएका सामाग्रीहरू बिक्री वितरण नगर्न समेत व्यवसायीहरूलाई आग्रह गरेको छ । चाडपर्वको समयमा कानूनले बन्देज गरेका सामाग्रीहरू आकासवाजी, भुइँचम्पा, पटाका लगायतको बिक्री वितरणमा समेत रोक लगाएको सङ्घले जनाएको छ । 

प्रतिकृया दिनुहोस

समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान

ताप्लेजुङ  - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी

कार्की परिवारले स्थापना गरे मयाम मावि फुरुम्वुमा दुई लाख रुपैयाँको अक्षयकोष

ताप्लेजुङ – पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले मयाम माध्यमिक विद्यालय फुरुम्बुमा अक्षयकोष स्थापना गर्नु भएको छ । शैक्षिक गुणस्तरलाई

↑