शुक्रबार-असोज-१६-२०८३/ 02-Friday-October-2026

अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी ५० वर्षीय छत्रबहादुर सुनुवार रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईंका अनुसार फुङलिङ नगरपालिका –६ थुवाजुङस्थित सुवास मादेनको बारीमा रहेको अरिङ्गालको गोलो झार्ने क्रममा सुनुवार लड्नुभएको थियो ।

 

लडेर गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे फुङलिङ नगरपालिका –१ का वडाध्यक्ष रुद्रकुमार मादेनले प्रहरीलाई जानकारी गराउनुभएको डीएसपी बजगाईंले बताउनुभयो । जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । घटना अरिङ्गाल झार्ने क्रममा भएको प्रारम्भिक जानकारी आए पनि घटनाको थप विवरण र मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान

ताप्लेजुङ  - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

कार्की परिवारले स्थापना गरे मयाम मावि फुरुम्वुमा दुई लाख रुपैयाँको अक्षयकोष

ताप्लेजुङ – पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले मयाम माध्यमिक विद्यालय फुरुम्बुमा अक्षयकोष स्थापना गर्नु भएको छ । शैक्षिक गुणस्तरलाई

चाडपर्वलाई लक्षित गर्दै ताप्लेजुङको फुङलिङ बजार शुक्रवार खुला हुने

ताप्लेजुङ - साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार आगामी शुक्रवार देखि खुला हुने भएको छ । ताप्लेजुङ उद्योग

↑