मंगलबार-असोज-२०-२०८३/ 06-Tuesday-October-2026

केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना

रेडियो तमोर
|

ताप्लेजुङ – केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपियाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार आयोजित वेबसाइट विमोचन, शैक्षिक अक्षयकोष घोषणा तथा विद्यार्थी सम्मान कार्यक्रममा सयङले अक्षयकोष स्थापनाको औपचारिक घोषणा गरेको हो ।

 

आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षा, अनुसन्धान र सिप विकासमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको सयङका अध्यक्ष लोकेश लिबाङले बताउनुभयो । उहाँका अनुसार पाङ्पत लिबाङ वंशका सदस्यको योगदानबाट अक्षयकोष स्थापना गरिएको हो।

 

अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्नुका साथै उच्च शिक्षा, अनुसन्धान, सिपमुलक तालिम, पुस्तकालय तथा अध्ययन केन्द्र स्थापना र आवश्यक शैक्षिक स्रोत सामग्रीमा सहयोग गर्ने योजना रहेको सयङले जनाएको छ। अक्षयकोषलाई आगामी दिनमा थप विस्तार गर्दै योग्य तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई निरन्तर सहयोग गर्ने लक्ष्य लिइएको छ।

 

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थीलाई सम्मान गरिएको थियो । मिक्वाखोला गाउँपालिका –३ लिबाङ, ताप्लेजुङकी श्रुति लिम्बूले ३.७० जीपीए, सोही स्थानका कमलकुमार लिम्बूले ३.५० जिपिए र चैनपुर, सङ्खुवासभाकी वर्षा लिम्बूले ३.४० जीपीए प्राप्त गर्नुभएको थियो। उहाँहरूलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ले जनही १० हजार रुपियाँ नगद, प्रशंसापत्र र दोसल्लासहित सम्मान गर्नुभयो।

 

कार्यक्रममा बैरागी काइँलाले शैक्षिक अक्षयकोष, विद्यार्थी सम्मान र वेबसाइट विमोचनजस्ता कार्यले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउन सहयोग पुग्ने बताउनुभयो। सोही अवसरमा सयङको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको थियो । वेबसाइटमा संस्थाको इतिहास, वंशीय विवरण, संस्थागत संरचना, गतिविधि, शैक्षिक अभियान तथा भावी योजनालाई डिजिटल रूपमा अभिलेखीकरण गरिएको सयङले जनाएको छ । साथै नेपाल तथा विदेशमा रहेका पाङ्पत लिबाङ वंशका सदस्य, शुभेच्छुक तथा सहयोगीलाई अभियानमा जोडिन सयङले आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस

विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु

ताप्लेजुङमा चार दिनमै ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ - ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि

समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान

ताप्लेजुङ  - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

↑