ताप्लेजुङमा चार दिनमै ९५ क्विन्टल चिनी बिक्री
ताप्लेजुङ - ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि ताप्लेजुङमा बुधबारबाट चिनी बिक्री सुरु गरेको कम्पनीले चार दिनकै अवधिमा ९५ क्विन्टल चिनी बिक्री गरेको हो ।
कम्पनी ताप्लेजुङका शाखा प्रमुख प्रकाश तिम्सिनाका अनुसार बुधबार पहिलो दिन २१ क्विन्टल, बिहीबार दोश्रो दिन साढे १९ क्विन्टल, शुक्रबार तेश्रो दिन २५ क्विन्टल र सोमबार चोथो दिन साढे २८ क्विन्टल चिनी उपभोक्ताले खरिद गरेका छन् । चार दिनको अवधिमा १० लाख बढीको चिनी बिक्री भएको कम्पनीले जनाएको छ ।
ताप्लेजुङमा पहिलो चरणमा १८० क्विन्टल चिनी आएको थियो । जसमध्ये ९५ क्विन्टल बढी चिनी बिक्री भएको छ भने हाल ८० क्विन्टल मात्र चिनी कार्यालयसँग मौज्दात रहेको छ । बजारमा चिनी प्रति किलोग्राम १४० रुपियाँसम्म पर्ने र खाद्यमा प्रतिकिलोग्राम ११० रुपियाँमै उपभोक्ताले खरिद गर्न पाउँदा चाप बढी भएको कार्यालयले जनाएको छ । पहिलो र दोश्रो दिन प्रतिव्यक्ति ६ किलोग्राम मात्र चिनी प्रदान गरिएकाले उपभोक्ताको भीड लागेको थियो । भीडलाई मध्यनजर गर्दै हाल प्रतिव्यक्ति २५ किलोग्रामसम्म चिनी प्रदान गर्न सुरु गरिएकाले सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रण भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ ।
कार्यालयका अनुसार चामलको माग समेत उत्तिकै मात्रामा वृद्धि भइरहेको छ । सोमबार एकैदिन ५० क्विन्टल चामल बिक्री भएको थियो । कार्यालयमार्फत २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल प्रतिबोरा दुई हजार १७५ र सोना मनसुली चामल एक हजार ४२५ रुपियाँमा बिक्री भइरहेको शाखा प्रमुख तिम्सिनाले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको हालसम्ममा करिब ४१ लाख ८१ हजार ६०० रुपियाँको ५२३ क्विन्टल चामल बिक्री भएको कार्यालय जनाएको छ । सेवाग्राहीले दैनिक उपभोग्य सामाग्रीहरू खानेतेल, दाल लगायतका सामाग्रीहरू समेत खरिदका लागि माग गरेका छन् । सोही अनुसार कार्यालयले थप प्रक्रिया अघि बढाएको र दशैँ अघि देखि नै थप सामाग्री ताप्लेजुङ ल्याउने पहल भइरहेको प्रमुख तिम्सिनाले बताउनुभयो ।
कार्यालयले गत आवमा एक करोड ६ लाख रुपियाँ बढीको चामल बिक्री गरेको थियो ।
विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु
केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना
ताप्लेजुङ – केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपियाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार
समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान
ताप्लेजुङ - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

प्रतिकृया दिनुहोस