ताप्लेजुङको सिरिजङ्गामा खेबाङ खेलकुद महोत्सव, फुटबल–भलिबल-म्याराथन प्रतियोगिता समावेश
ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा आगामी कात्तिक १६ गतेदेखि खेबाङ खेलकुद महोत्सव हुने भएको छ । सिरिजङ्गा गाउँपालिकाको खेबाङमा कात्तिक १६ गते देखि २१ गते सम्म खेलकुद महोत्सव सञ्चालन हुने भएको हो ।
आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेबाङ स्पोर्टिङ क्लबको आयोजनामा ६ दिने खेलकुद महोत्सव हुन लागेको क्लबका अध्यक्ष बिनम मावोले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षमा खेबाङ गोल्डकप सञ्चालन गरिएको र यस वर्षदेखि विविध खेलकुद समेटिइएकोले खेलकुद महोत्सव मनाउन लागिएको हो । क्लबका अनुसार यस वर्ष खुल्ला पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, हाल्फ म्याराथन प्रतियोगिता साथै अन्य विविध सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन हुनेछन् ।सिरीजंघाको गौरव कञ्चनजङ्घा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित महोत्सव सञ्चालन गर्ने तयारी सुरु गरिएको क्लबले जनाएको छ । महोत्सव खेवाङ स्पोर्टिङ क्लबको खेल मैदानमा सञ्चालन गर्ने क्लबको तयारी छ ।
अध्यक्ष माबोका अनुसार खुल्ला पुरुष फुटबल प्रतियोगिताका विजेताले नगद एक लाख ५५ हजार ५८३ रुपियाँ, उपविजेताले एक लाख पाँच हजार ५८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । त्यस्तै वडास्तरीय पुरुष भलिबलतर्फको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार, वडास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार हाल्फ म्याराथनतर्फ प्रथमलाई ३३ हजार ३८३, द्धितियलाई २२ हजार ३८३, तृतीयलाई १३ हजार ३ सय ८३, चौथो र पाँचौ हुनेलाई सात हजार ३८३, छैटौँ र साँतौँ हुनेलाई पाँच हजार ३८३, आठौँ, नवौँ र दशौँ हुनेलाई तीन हजार ३८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
खेबाङलाई पर्यटनसँग जोड्न, स्थानीय क्षेत्रको प्रवर्द्धन गर्न खेलकुदको माध्यमबाट प्रचारप्रसारका लागि खेलकुद महोत्सव सञ्चालन गरिएको क्लबले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २५ लाख रुपियाँ लागत लाग्ने आयोजकको अनुमान रहेका अध्यक्ष माबोको भनाइ थियो । स्थानीय क्षेत्रमा सञ्चालित जलविद्युत आयोजना, स्थानीय सरकार र देशविदेशमा रहेका खेलकुद प्रेमी महानुभावबाट प्राप्त हुने श्रोतलाई नै आधार बनाएर प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण
ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम
‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित
बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार

प्रतिकृया दिनुहोस