छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि
ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुने भएको छ ।
मङ्सिर २३ देखि २९ गतेसम्म गोल्डकप तथा मेला सञ्चालन गर्ने निर्णय आयोजक तेल्लोक स्पोर्टिङ क्लब, ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबे स्मृति प्रतिष्ठानलगायत सरोकारवालाको बिहीबार बसेको बैठकले गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर गोल्डकप आयोजना गर्न लागिएको हो । तेल्लोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा टोलीलाई सहभागी गराउने तयारी भइरहेको छ । छैटौँ संस्करणमा पुरस्कार राशि वृद्धि गर्ने तयारीसमेत भइरहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
गोल्डकपको पाँचौँ संस्करणमा विजेताले तीन लाख ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उपविजेतालाई एक लाख ५० हजार ३२१ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पाँचौँ संस्करणको उपाधि धरान सुनसरीको मरिक फुटबल क्लबले जितेको थियो । मरिकले झापाको न्यु स्टार क्लब बिर्तामोडलाई ३–१ गोलले पराजित गर्दै उपाधि हात पारेको थियो ।
गोल्डकपसँगै आयोजना हुने सिरिजङ्गा मेलामा स्थानीय संस्कृति, इतिहास र मौलिक पहिचान झल्काउने गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ । खेलकुद तथा मेलामार्फत सिरिजङ्गाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान प्रवर्धन गर्ने उद्देश्य रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
उहाँले प्रतियोगिता तथा मेला सिरिजङ्गाको इतिहास, संस्कृति, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । आयोजनालाई सफल बनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, व्यवसायी, खेलप्रेमी तथा स्थानीयवासीको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
आयोजनालाई व्यवस्थित बनाउन सरोकारवालासँग सहकार्य र समन्वयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । गोल्डकप तथा मेलाले स्थानीय खेलकुद गतिविधिको विस्तारसँगै पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा
ताप्लेजुङ, असोज १६ गते ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना
कञ्चनजङ्घा सामुदायिक सहकारी संस्था ताप्लेजुङले गत आर्थिक वर्षमा १३ लाख बढी नाफा कमायाे
ताप्लेजुङ - कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख बढी नाफा कमाएको छ । शुक्रबार सम्पन्न २३
यात्रु र पाथीभरा दर्शनाथीको सहजताका लागी ताप्लेजुङमा सहायता कक्ष सञ्चालन
ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका-४, तोक्मेडाँडामा यात्रु सहायता कक्ष सुरु गरिएको छ। दशैँ, तिहार, नेपाल संवत् र छठ जस्ता चाडपर्वमा यात्रा गर्ने

प्रतिकृया दिनुहोस