यात्रु र पाथीभरा दर्शनाथीको सहजताका लागी ताप्लेजुङमा सहायता कक्ष सञ्चालन
ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका-४, तोक्मेडाँडामा यात्रु सहायता कक्ष सुरु गरिएको छ। दशैँ, तिहार, नेपाल संवत् र छठ जस्ता चाडपर्वमा यात्रा गर्ने यात्रुहरूको सुरक्षा र सहजताका लागि यो कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको सहकार्यमा खोलिएको उक्त सहायता कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले गर्नुभएको हो।
चाडपर्वको बेला जिल्ला भित्रिने र बाहिरिने यात्रुलाई गाडी तथा सुरक्षासम्बन्धी कुनै पनि समस्या परेमा तुरुन्तै सहयोग पुर्याइने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मान बहादुर माझीले बताउनुभयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) कमल बजगाईंले चाडपर्वको समयमा यात्रुहरूको सुरक्षाका साथै प्रसिद्ध धार्मिक स्थल पाथीभरा दर्शनका लागि आउने भक्तजन तथा यात्रुहरूको यात्रालाई थप सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष ध्यान दिने बताउनुभयो।
उद्घाटन कार्यक्रममा फुङलिङ-४ का वडाध्यक्ष दुर्गा पालुङ्वा, सशस्त्र प्रहरीका डिएसपी धनबहादुर बोहोरा, नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य र यातायात व्यवसायीहरूको उपस्थिति थियो।चाडपर्वमा यात्रुको घुइँचो हुने भएकाले जुनसुकै समस्या वा जानकारीका लागि सहायता कक्षमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा
ताप्लेजुङ, असोज १६ गते ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना
छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि
ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी
कञ्चनजङ्घा सामुदायिक सहकारी संस्था ताप्लेजुङले गत आर्थिक वर्षमा १३ लाख बढी नाफा कमायाे
ताप्लेजुङ - कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख बढी नाफा कमाएको छ । शुक्रबार सम्पन्न २३

प्रतिकृया दिनुहोस