आइतबार-असोज-१८-२०८३/ 04-Sunday-October-2026

कञ्चनजङ्घा सामुदायिक सहकारी संस्था ताप्लेजुङले गत आर्थिक वर्षमा १३ लाख बढी नाफा कमायाे

मनु मावो
|

ताप्लेजुङ - कञ्चनजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२/०८३ मा १३ लाख बढी नाफा कमाएको छ । शुक्रबार सम्पन्न २३ औँ वार्षिक साधारणसभा तथा रजत महोत्सवमा संस्थाका अध्यक्ष चन्द्रकुमार यवागुले संस्थाले उक्त नाफा कमाएको जानकारी दिनुभएको छ । उहाँका अनुसार  संस्थाले १३ लाख ९५ हजार ९ सय ९६ रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै सोही अवधिमा संस्थाले १ करोड ५४ लाख ९९ हजार ९ सय ४० रुपैयाँ कुल आम्दानी गरेको छ भने १ करोड ३९ लाख ४९ हजार ९ सय ८८ रुपैयाँ कुल खर्च गरेको विवरण संस्थाका सदस्य इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

 

साधारणसभाकै अवसरमा सहकारीले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने सदस्य, ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता र विद्यार्थीहरूलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।पुरस्कृत हुने ज्येष्ठ नागरिक सदस्यहरूमा छत्रबहादुर गुरुङ, चन्द्रप्रकाश मेन्याङबो, लोकमाया यवागु र चन्द्रमाया गुरुङ रहनुभएको छ । यस्तै, उत्कृष्ट बाल बचततर्फ प्रनिशा ढकाल, इमा राई, लिजा पौडेल र लाबिनहाङ नाल्बो तथा उत्कृष्ट कृषि बचतकर्ताका रूपमा धनकुमारी मादेन सम्मानित हुनुभएको हो । त्यसैगरी, माध्यमिक शिक्षा (एसईई) परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बाल बचतकर्ता विद्यार्थीहरू स्नेहा तामाङ, साइन्सा साम्सोहाङ, निसुङहाङ सेन्दाङ, मोबिचन यवागु र युनिक अधिकारीलाई नगदसहित विशेष सम्मान गरिएको छ । उत्कृष्ट बचत समूहतर्फ पाथीभरा याङ्वरक गाउँपालिकाको ’सुनखरि महिला समूह’ सम्मानित गरिएको हो ।



सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबोले नगद सहित प्रशंसापत्रले सम्मान गर्नुभएको छ । कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष चन्द्रकुमार यवागुले आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित र पारदर्शी बनाउँदै सदस्यहरूको हित अनुकूलका कार्यक्रमहरू अघि बढाइने बताउनुभयो । हाल सहकारीमा २ हजार ७ सय ९५ जना सेयर सदस्य र ५ सय ६२ जना ऋणी सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस

बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा

ताप्लेजुङ, असोज १६ गते    ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना

छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी

यात्रु र पाथीभरा दर्शनाथीको सहजताका लागी ताप्लेजुङमा सहायता कक्ष सञ्चालन

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका-४, तोक्मेडाँडामा यात्रु सहायता कक्ष सुरु गरिएको छ। दशैँ, तिहार, नेपाल संवत् र छठ जस्ता चाडपर्वमा यात्रा गर्ने

↑