बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा फिदिम स्र्पाेटिङ क्लब पाँचथरलाई १–० गोल अन्तरले पाखा लगाउँदै सलहेशले उपाधी हात पार्न सफल भएको हो । सिराहाका लागि खेलको ६९ औँ मिनेटमा जर्सी नं. ११ का बाबुराम थारुले गरेको गोल नै निर्णयक गोल बन्यो । सलहेश गत बर्षको बिजेता टिम समेत हो । 

 

 

सलहेश जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेर फाइनलमा पुगेको हो भने झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले पाखा लगाउँदै फिदिम स्र्पाेटिङ क्लब पाँचथर फाइनलमा प्रबेश गरेको हो थियो । बिजेता बनेसंगै सिराहाले नगद सात लाख दुई हजार ८३ रुपियाँ हात पारेको छ भने उपबिजेतामा सीमित भएको पाँचथरले तीन लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । 

 

लाखेजात्राको अवसरमा गत भाद्र १२ गतेबाट फुङ्लिङ स्थित भानुजन माध्यमिक बिद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगीतामा भारतको एक सहित जम्मा ८ टिमको सहभागीता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश

ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

ताप्लेजुङ गोल्डकप आजबाट सुरु हूँदै, उद्धघाटनमा आयोजकले भारतको सामना गर्दै

ताप्लेजुङ - चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । फुङलिङस्थित भानुजन माद्यमिक