आइतबार-असोज-१८-२०८३/ 04-Sunday-October-2026

इलाका प्रशासन कार्यालय तेल्लोकबाट झण्डै २ सय नागरिकले सेवा पाए

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएको डेढ महिना नपुग्दै झण्डै दुई सय जना नागरिकले सेवा लिएका छन् । सिरिजङ्गा गाउँपालिका ४ तेल्लोकमा कार्यालय स्थापना भएको ४३ औँ दिनसम्म आइपुग्दा १ सय ९४ जना नागरिकले सेवा लिएका हुन् । 

 

गत भदौ ५ गतेबाट कार्यालय स्थापना गरि सेवा प्रारम्भ गरेको डेढ महिनामै उक्त सङ्ख्यामा स्थानीयले सेवा लिएको कार्यालय प्रमुख श्यामलाल पन्थीले बताउनुभयो । उहाँका अनुसार १ सय १८ जनाले नयाँ नागरिकता लिएका छन् भने ७१ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । त्यस्तै ४ जनाको आदिवासी जनजाति सिफारिस र एउटा नाबालिका परिचय पत्र प्रदान गरिएको कार्यालय प्रमुख पन्थीको भनाइ छ । कार्यालयका अनुसार १७ जनाको नागरिकता प्रदानको कार्य प्रक्रियामा रहेको छ । सर्जिनिम लगायतका सिफारिसका कागजात अपुग भएका कारण प्रक्रियामा रहेको कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो । 

 

कार्यालयबाट प्रवाह गर्नुपर्ने अझै अन्य सेवाहरू सेवाग्राहीले पाउन नसकिरहेको प्रमुख पन्थीको भनाइ थियो । राष्ट्रिय परिचयपत्रको दर्ता लगायतको कार्य भने तत्काल सुरु गर्न नसकिएको उहाँले बताउनुभयो । दर्ताका लागि आवश्यक उपकरण तथा जनशक्तिको व्यवस्थापन भएपनि नेपाल टेलिकमको अप्टिकल फाइबर जडानमा ढिलाइ हुँदा तत्काल सेवा प्रवाह गर्न नसकिएको कार्यालय प्रमुख पन्थीले जानकारी दिनुभयो । अप्टिकल फाइबर जडानका लागि दुरसञ्चार कार्यालय इलामलाई पत्राचार गरिएको सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले बताउनुभयो । 

 

उत्ता दुरसञ्चार कार्यालय इलामले भने दशैँ अगावै सम्पूर्ण जडानको कार्य सम्पन्न गर्ने गरि तयारी भइरहेको इलामका कार्यालय प्रमुख सुनिल सिंहले बताउनुभयो । पहाडी क्षेत्रमा भूगोलका कारण अपेक्षाकृत हिसाबले कार्य सम्पादन गर्न सहज नभएकाले केही समय ढिलाई भएको प्रमुख सिंहको भनाइ छ ।

 

हाल इलाका प्रशासन कार्यालय तेल्लोकमार्फत सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिकाका नागरिकले सेवा प्राप्त गरिरहेका छन् । दुई पालिकाका नागरिकले आफ्नै गाउँघरमा सेवा प्राप्त गर्दा सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । सदरमुकाम आउनुपर्ने बाध्यता हटेपछि स्थानीयको आर्थिक भार समेत घटेको छ भने समयको पनि बचत भएको छ ।
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङको तेल्लोकमा बजार अनुगमन : म्याद गुज्रिएका खाद्यान्न सामाग्री जफत गरि नष्ट

ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा म्याद गुज्रिएका खाद्यान्न सामाग्रीहरू जफत गरि नष्ट गरिएको छ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकमा सञ्चालित बजार

समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान

ताप्लेजुङ  - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी

↑