ताप्लेजुङको तेल्लोकमा बजार अनुगमन : म्याद गुज्रिएका खाद्यान्न सामाग्री जफत गरि नष्ट
ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा म्याद गुज्रिएका खाद्यान्न सामाग्रीहरू जफत गरि नष्ट गरिएको छ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकमा सञ्चालित बजार पसलहरूमा अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्रीहरू जफत गरि नष्ट गरिएको हो ।
संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका खाद्यान्न सामाग्री, पेयपदार्थ, अवैध सुर्तीजन्य पदार्थ जफत गरि नष्ट गर्नुका साथै एक साताभित्र व्यवसाय दर्ताको प्रक्रिया सम्पन्न गर्न निर्देशन दिइएको समितिका संयोजक तथा सहाय प्रमुख जिल्ला अधिकारी यावद भट्टराईले बताउनुभयो । उहाँका अनुसार व्यवसाय दर्ता, नवीकरण, कर चुक्ता सहितका कार्य एक साताभित्रमा सम्पन्न गर्न निर्देशन दिइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईका अनुसार तेल्लोकका विभिन्न क्षेत्रमा रहेका १९ ओटा पसलको अनुगमन गरिएको छ । खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु, होटल तथा रेष्टुरेन्टको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा व्यवसाय दर्ता नभएको, नवीकरण नभएको, मूल्यसूची नराखिएको, व्यवसायको बोर्ड समेत नराखिएको पाइएको भट्टराईले बताउनुभयो । मापदण्डभित्र नरहेका व्यवसायीलाई तत्काल पालिकामा दर्ता गरि, व्यवसायिक पान लिने, घरेलु कार्यालयमा दर्ता गर्ने लगायतका प्रक्रियाका बारेमा सुझाइएको उहाँको भनाइ छ ।
नजिकिँदै गरेको चाडपर्वको समयमा उपभोक्ता ठगिन सक्ने सम्भावनालाई न्यूनिकरण गर्न अनुगमनको कार्यलाई अगाडि बढाइएको समितिका संयोजक भट्टराईले जानकारी दिनुभयो । चाडपर्वको समयमा हुने कालोबजारी तथा कृत्रिम अभाव सिर्जनालाई विशेष ख्याल गर्दै अनुगमन गरिएको समितिले जनाएको छ । अनुगमनको क्रममा केही व्यवसायहरू मापदण्ड भित्रै रहेर सञ्चालन भएको समेत पाइएको बताइएको छ । अनुगमनको कार्यलाई सम्भव भएसम्म साप्ताहिक रूपमै गर्न व्यवसायीले समेत समितिलाई सुझाएको थिए ।
अनुगमनको पूर्ण अधिकार इलाका प्रशासन कार्यालयलाई समेत भएकाले पालिका तथा इलाका प्रहरी कार्यालय तेल्लोकसँग समन्वय गरि अनुगमन गर्न समितिले आग्रह समेत गरेको छ ।
इलाका प्रशासन कार्यालय तेल्लोकबाट झण्डै २ सय नागरिकले सेवा पाए
ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएको डेढ महिना नपुग्दै झण्डै दुई सय जना नागरिकले सेवा लिएका छन् । सिरिजङ्गा
समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान
ताप्लेजुङ - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही
अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु
ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी

प्रतिकृया दिनुहोस