बुधबार-असोज-२८-२०८३/ 14-Wednesday-October-2026

ताप्लेजुङ गोल्डकप आजबाट सुरु हूँदै, उद्धघाटनमा आयोजकले भारतको सामना गर्दै

रेडियो तमोर
|

ताप्लेजुङ - चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । फुङलिङस्थित भानुजन माद्यमिक विद्यालयको खेलमैदानमा आजबाट सुरु हुने प्रतियोगिताको उद्धघाटनमा आयोजक ताप्लेजुङ ११ र भारतको जर्जियन युनाईटेड फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

 

लाखेजात्राको अवसरमा हरेक वर्ष विभिन्न नाममा सञ्चालन हुँदै आईरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आईरहेको छ । ८ ओटा टीमको सहभागीता रहेको खेलमा भोलि चित्लाङ फुटबल क्लब र फिदिम स्पार्टिङ क्लब पाँचथरबीच प्रतिष्पर्धा हुने छ । त्यस्तै आइतबार सातदोबाटो फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लब सिराहा तथा सोमबार झापा ११ र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ ।

 

प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुनेछ । विजेताले नगद ७ लाख २ हजार ८३ र उपविजेताले नगद ३ लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

फुलबारीमा चौथो विजया दशमी खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

ताप्लेजुङ-   ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका –२ फुलबारीमा चौथो विजया दशमी खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

फुङलिङ नगरपालिकाद्वारा खेलकुदलाई टेबल टेनिस बोर्ड हस्तान्तरण

ताप्लेजुङ - जिल्ला खेलकुद विकास समिति ताप्लेजुङलाई फुङलिङ नगरपालिकाले टेबल टेनिस बोर्ड खरिद गरि हस्तान्तरण गरेको छ । बुधबार फुङलिङ नगरपालिकाकी

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

↑