बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

रेडियो तमोर
|

काठमाण्डौ — सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । गएको असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो ।

 

त्यो निर्णय बदरको मागसहित अधिवक्ता डा। प्रेमराज सिलवालले दर्ता गराउनुभएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गएको शुक्रवार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा कारण देखाऊ आदेश भने जारी गरेको छ ।

प्रतिकृया दिनुहोस

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष