बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

अब चेतनाको खेती गर्ने बेला आएको छ : हर्क सम्पाङ

बिक्रम लाम्गादे
|

फुङ्लिङ - श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क सम्पाङ) ले अब चेतनाको खेती गर्ने बेला आएको बताउनुभएको छ । आइतबार ताप्लेजुङको फुङ्लिङमा आयोजित पार्टीको श्रमदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । नेपालीहरु कृषकका सन्तती भएकाले व्यक्तिको जीविकोपार्जनमा खेतीपाती अनिवार्य रहेको र यो संगै मूलकमा चेतनाको पनि खेती आवश्यक रहेको औँल्याउनुभयो । 

 

यस्तै उहाँले देश निर्माणमा सरकारको मात्र बाटो हेर्न नहुने बताउनुभएको छ । स्थानीय सरकारले, प्रदेश सरकारले अथवा केन्द्र सरकारले काम गर्छ भनेर बस्न नहुने भन्दै श्रमदानबाट काम गर्न श्रमदातालाई आग्रह गर्नुभयो । सरकारले बजेट बिनियोजन गर्ने र काम हुनेमा ढुक्क नहुन उहाँको आग्रह छ । श्रम संस्कृति पार्टीको उद्देश्य सबै मिलेर काम गर्ने रहेको उल्लेख गर्दै उहाँले सबैको श्रमदानबाट मात्र मूलुकको समृद्धि सम्भव रहेको बताउनुभयो । अध्यक्ष साम्पाङले स्थानीय स्तरमा गरिब, निमुखा र उत्पीडनमा परेको व्यक्तिको सहयोगमा अग्रसर हुन समेत श्रमदातालाई आग्रह गर्नुभयो ।

 

घर, बाटो, कुलो लगायतका संरचनामा समस्या आएमा (बिग्रीएमा) सरकारले बाटो नहेरी एकजुट भइ काम गर्न उहाँको आग्रह छ । अध्यक्ष साम्पाङ श्रमदाता भेटघाट तथा पाथीभरा (   मुकुम्लुङ) दर्शनका लागि शनिबार ताप्लेजुङ आउनुभएको हो । 
 

प्रतिकृया दिनुहोस

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष