हर्क साम्पाङ आइतबार ताप्लेजुङ आउँदै
बिक्रम लाम्गादे,
फुङ्लिङ - श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) आइतबार ताप्लेजुङ आउँने हुनुभएको छ । श्रमदाताहरुसंग भेटघाट तथा हातेमाले कार्यक्रमका लागि अध्यक्ष साम्पाङ ताप्लेजुङ आउन लाग्नुभएको श्रम, संस्कृति पार्टीले जनाएको छ ।
जस अन्र्तगत फुङ्लिङ स्थित होटल जान्नु इनको सभाहलमा बिहान ११ बजेबाट कार्यक्रम गर्ने आयोजकले जनाएको छ । साम्पाङ केही समयबाट पूर्वी पहाडी जिल्लाहरुको यात्रामा हुनुहुन्छ । उहाँले पाँचथर, इलाम, ताप्लेजुङ लगायतका श्रमदाता संग भेटघाट र साक्षात्कार गरिरहनुभएको छ । साथै उहाँले प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुम्लुङ) पनि दर्शन गर्ने बताइएको छ ।
जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले
अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्मा नउठाउनू - गृहमन्त्री गुरुङ
काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन
काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

प्रतिकृया दिनुहोस