रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध, अरु पदाधिकारीको लागि चुनाव हुने
काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा भैरहेको महाधिवेशनमा उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएका हुन् । नेता विराजभक्त श्रेष्ठले उपसभापतिमा आफ्नो दावी छाडेर वाग्लेलाई सघाउनुभएको हो । अर्को महिला उपसभापति पदमा भने चुनाव हुने भएको छ । एक पदका लागि इन्दिरा रानामगर, सोविता गौतम, समीक्षा बाँस्कोटा, लिमा अधिकारी र डा। तोसिमा कार्कीले दावी गरेका छन् ।
केन्द्रीय सदस्यको नतिजा राति सार्वजनिक भए पनि पदाधिकारीको लागि अझै उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन बाँकी छ । दोस्रो चरणको चुनावी कार्यक्रम अन्तर्गत बिहान १ बजे उम्मेदवारको प्रारम्भिक सूची गर्ने कार्यतालिका भए पनि ढिलाइ भएको छ । प्रारम्भिक सूची सार्वजनिकपछि त्यसमा दाबी विरोध र अन्तिम सूची निकालेपछि विद्युतीय मेसिनमा नाम इन्ट्री गराएपछि मतदान शुरू हुनेछ । उपसभापतिमा वाग्लेको मात्रै उम्मेदवारी परेपछि अब एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सहमहामन्त्री (खुला) र एक महिला सहमहामन्त्रीमा चुनाव हुनेछ । महामन्त्री पदका लागि शिशिर खनालले दावी फिर्ता लिनुभएको छ भने मनीष झा, विपिन आचार्य, कबिन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेले आकांक्षा देखाएका छन् । सहमतिको प्रयास भैरहेकाले पनि चुनावी प्रक्रियामा ढिलाइ भएको हो ।
जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले
अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्मा नउठाउनू - गृहमन्त्री गुरुङ
काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन
काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष

प्रतिकृया दिनुहोस