बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ चयन 

रेडियो तमोर
|

ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको अधिवेशनबाट सभापतिमा राजन गुरुङ चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनबाट गुरुङ सभापतिमा चयन हुनु भएको छ । 

 

अधिवेशनले आगामी कार्यकालका लागि गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लिला प्रसाद पौडेल तथा सहसचिवमा गोपाल गुरागाईंलाई चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा कमल लेछ्रवो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्र कुमार थापा सर्वसम्मत चयन हुुनुभएको छ । पार्टीको विधान अनुसार कोषाध्यक्ष पदका लागि भने सदस्यबाट मनोनित गरिने बताइएको छ । 

 

अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवगठित कार्यसमितिले पार्टीको सङ्गठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई जिल्लास्तरमा थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

 

रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई ताप्लेजुङमा पार्टी सङ्गठन निर्माणको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड)ले उद्‌घाटन गर्नुभएको अधिवेशनमा नेपाली काङ्ग्रेसका जिल्ला सचिव गणेशबाबु निरौला, नेकपा (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । अधिवेशनमा रास्वपाका नेता मिङ्मादण्डु शेर्पा, मानवीय विकास प्रवर्द्धन केन्द्रीय विभाग सदस्य इन्दिरा मेन्याङ्बो लगायत विभिन्न केन्द्रीय विभागका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान भाउमा उपलब्ध गराउन सरकारको निर्देशन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सरकारले

अबदेखि निर्मला पन्त हत्याको कुरा संसद्‍मा नउठाउनू - गृहमन्त्री गुरुङ

काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले अबदेखि निर्मला पन्त हत्या प्रकरणको विषय संसद्‍मा नउठाउन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन

काठमाडौं - नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ । अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष