ताप्लेजुङको थेचम्बुमा तेश्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङ - ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा विहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।
पाथीभरा ब्यामिन्टन संघको प्राविधिक सहयोगमा पाथीभरा याङवरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङले शुभारम्भ गर्नु भएको छ ।
आगामी जेठ २४ गतेसम्म जारी रहने प्रतियोगितामा ६ विधाका खेल हुने भएका छन् । प्रतियोगितामा कोशी प्रदेश स्तरीय मेन्स डबल सिनियर, भेट्रान्स मेन्स डबल, मिक्स डबल र जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत मेन्स डबल जुनियर, कर्मचारी र जनप्रतिनिधि डबल्सका खेलहरू हुने पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ठाकुर प्रधानले जानकारी दिनुभयो । त्यस्तै पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिता समेत समेटिएको शाखा प्रमुख प्रधानको भनाइ छ ।
उहाँका अनुसार कोशी प्रदेश स्तरीय मेन्स डबल सिनियरको विजेताले ४० हजार, उपविजेताले २५ हजार र सेमिफाइनल पुग्नेहरूले ७ हजार ५ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । ४५ वर्ष माथि उमेर समूहको भेट्रान्स डबल प्रतियोगिताका विजेताले ३० हजार, उपविजेताले २० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो । मिक्स डबलका विजेताले २५ हजार, उपबिजेताले १५ हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । कर्मचारी र जनप्रतिनिधि डबल्सतर्फको प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ । पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिताका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष सुब्बाले खेलाडी उत्पादन, खेलाडीको क्षमता विकास र प्रतिभा पहिचान तथा सम्मानका लागि यस्ता प्रतियोगिताहरु पालिकाले महत्वका साथ आयोजना गर्ने गरेको बताउनुभयो । विकास बहुआयामिक विषय भएको बताउँदै पालिका अध्यक्ष सुब्बाले खेलकुद स्वास्थ्य लाभका लागि मात्रै नभई राष्ट्रको योगदानका लागि समेत हुने भएकोले ’स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भनिएको बताउनुभयो । ब्याटमिन्टन र भलिबल सहितका खेलका लागि पाथीभरा याङवरक उर्जा र उत्साहको क्षेत्र भएको उहाँको भनाई थियो । पाथीभरा याङवरक गाउँपालिकाले आमन्त्रित प्रतियोगिताहरूमा बिजेता भएर ल्याएको पुरस्कार राशीमा उतिनै रकम थपेर खेलाडीलाई प्रोत्साहन रकम दिदैँ आएको समेत पालिका अध्यक्ष सुब्बाले बताउनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पालिका उपाध्यक्ष रनमाया गुरुङले विकास, अनुशासन र गतिशिलता’ खेलकुदका तीन खम्बा भएको बताउँदै तीन खम्बालाई एकसाथ पालना गर्न सकेमा खेलक्षेत्र बलियो र विश्वसनीय हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकास र प्रर्वद्धनलाई पालिकाले उच्च महत्व दिएको समेत जानकारी दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोखरेलले खेलकुद क्षेत्रको प्रर्वद्धन र उन्नयनका लागि पालिकाले दिदैँ आएको महत्व आगामी दिनमा समेत निरन्तर हुने विश्वास दिलाउनुभयो । कार्यक्रममा जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष सुरेश सिंघक, पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले आ–आफ्नो धारणा राख्नुभयो । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा भएको प्रतियोगिताको समापन गर्दै उद्घाटन सभामा अध्यक्ष एवम् शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रधानले पालिकाले खेलकुद क्षेत्रको प्रर्वद्धनमा कुनै कसुर बाँकी नराखेको र यस्ता कार्यले निरन्तरता पाउने बताउनुभयो ।
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम
‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित
बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार
नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश
ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

प्रतिकृया दिनुहोस