नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश
ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । सोमबार क्वार्टरफाइनलको अन्तिम खेल सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।
नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । खेल सुरु भएको पाँचौँ मिनेटमा झापाका आयुश घलानले गर्नुभएको पहिलो गोल नै जितका लागि पर्याप्त बनेको छ । नेपाल पुलिसले खेललाई समयावधि भरि दबाबमा राखेपनि कुनै गोल गर्न नसक्दा क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भएको छ ।
झापाले नेपाल पुलिसलाई पराजित गरे सँगै अब सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब सँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यो दुई टीम बिचको खेल भदौ १७ गते हुनेछ ।
यस्तै भोलि सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युबा क्लबबीच भिडन्त हुँदैछ । भारतले आयोजक ताप्लेजुङ ११ लाई २–१ तथा सिराहाले सातदोबाटो एफसीलाई ट्राइबेकरमा ४–३ गोलले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
भदौ १९ गते हुने प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम
‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित
बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार
ताप्लेजुङ गोल्डकप आजबाट सुरु हूँदै, उद्धघाटनमा आयोजकले भारतको सामना गर्दै
ताप्लेजुङ - चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । फुङलिङस्थित भानुजन माद्यमिक

प्रतिकृया दिनुहोस