वार्षिकोत्सवको अवसरमा आयोजित ब्याडमिन्टनको उपाधि आईएमई लाईफको प्रतियोगीले हात पारे
ताप्लेजुङ – बीमा व्यवसाय क्षेत्रमा अब्बल सावित रहेको आईएमई लाइफ इन्स्योरेन्सले खेलकुद क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । नेपाल बीमा प्राधिकरणको ५८ औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेशद्वारा बीरगञ्जमा आयोजित फुटसल र ब्याडमिन्टन प्रतियोगितामा आईएमई लाईफले उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रचेको हो ।
वीरगञ्जस्थित जिल्ला खेलकुद समिति हल तथा हाम्रो फुटसल मैदानमा सम्पन्न प्रतियोगितामा आइएइ लाइफले ब्याडमिन्टनमा प्रथम र द्धितीय, फुटसलमा उपविजेता बन्दै सफलता चुमेको छ ।मधेश प्रदेश प्रमुख ओम प्रकाश राईको नेतृत्वमा सहभागी भएको आईएमई लाईफ टोलीले दुवै खेलमा शानदार प्रदर्शन रहेको थियो । ब्याडमिन्टनतर्फ आईएमई लाईफले ऐतिहासिक सफलता हासिल गर्दै प्रथम र दृतीय स्थान हात पार्न सफल भयो । अनिल ओझाले नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स तथा रिलाएबल लाइफ इन्स्योरेन्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।
त्यसैगरी अबिन्द्र राईले बीमा प्राधिकरण, नेको इन्स्योरेन्स तथा नेशनल लाइफ इन्स्योरेन्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । अन्ततः भएको फाइनल प्रतिस्पर्धा आईएमई लाईफकै दुई खेलाडीबीच भएको थियो, जहाँ अनिल ओझा प्रथम बन्न सफल भए भने अबिन्द्र राई दृतीय स्थान हासिल गर्न सफल भए ।
फुटसलतर्फ पनि आईएमई लाईफले दमदार प्रदर्शन गरेको थियो । पहिलो खेलमा प्रतिद्वन्द्वी टोलीलाई ५–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेको टोलीले सिद्धार्थ इन्स्योरेन्सविरुद्धको अत्यन्त रोमाञ्चक खेलमा टाइब्रेकरमार्फत १२–११ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
त्यसपछि सेमिफाइनलमा इन्स्योरेन्स सर्भेयर समूहलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको आईएमई लाईफले उपाधिका लागि युनाइटेड अजोड इन्स्योरेनससँग प्रतिस्पर्धा गरेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा अन्तिम समयमा १ गोलको झिनो अन्तरले पराजित भए पनि आईएमई लाईफ उपविजेतामा सिमित रह्यो ।
टोलीका खेलाडीहरू अनिल ओझा, सूर्य गिरी, अबिन राई, राजु महर्जन, राजेश सिंह तथा राजन खड्काले उत्कृष्ट प्रदर्शन गरेका थिए भने फुटसलमा मंगल प्रताप बानियाँ र ब्याटम्युटनमा बिश्व लिम्बू र ओम प्रकाश राई को प्रशिक्षण रहेका थिए । खेलप्रतिको समर्पण र टिमवर्ककै कारण यो ऐतिहासिक सफलता सम्भव भएको मधेस प्रदेश प्रमुख राईले बताउनु भयो ।
ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च
ताप्लेजुङ - चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम
‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित
बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार
नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश
ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

प्रतिकृया दिनुहोस