बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

'प्रथम लिङ्तेप गोल्डकप'को उपाधि कुम्मायक कुसायक पाँचथरलाई

बिक्रम लाम्गादे
|

फुङ्लिङ - प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक पाँचथरले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा साथीभाई युवा क्लब फुङ्लिङलाई ४–२ गोलअन्तरले पाखा लगाउँदै कुम्यायक कुसायकले उपाधि चुम्न सफल भएको हो ।

 

 

सोमबार भएको सेमिफाइनल खेलमा साथीभाइले लालिमा युवा क्लब ढुङ्गोसाँघुलाई ३–० गोल अन्तर र कुम्मायक कुसायकले प्रगतिशिल युवा क्लब आयोजक रातोलाई २–१ गोल अन्तरले पाराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।  यो संगै बिजेता बनेको कुम्मायक कुसायकले ३ लाख २  हजार ८२ रुपियाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको साथीभाई युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

 

 

फुटबलको माध्यमबाट मेरिङदेनमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले वडा नं. ४ लिङ्तेपमा गत माघ ९ गतेबाट गोल्डकप सञ्चालन गरिएको हो । प्रतियोगीतामा जम्मा ८ टिमको सहभागीता रहेको आयोजक प्रगतिशील युवा क्लबका सचिव विश्वराज नाल्बोले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित

बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार

नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश

ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण