अलैँचीको मूल्य बढेपछि किसान उत्साहित
ताप्लेजुङ - पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ।
ताप्लेजुङमा अहिले प्रति मन ४० किलो रू ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए। उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थियो। शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो। मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन्। पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन्।
यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढ्नले किसानलाई राहत पुगेको छु, अलैँची किसान गणेश सिग्देलले भने, अलैँचीको मूल्यमा सधैं एकरुपता हुनुपर्ने हो। ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन्। गत आर्थिक वर्षको अन्तिम समयमा प्रति मन रू ६० हजारका दरले कारोबार भएको थियो। यस वर्ष सिजनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थियो। बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मी आचार्यले बताए। उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ।
ताप्लेजुङमा अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा
ताप्लेजुङ - कालो सुनको उपमा पाएको अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा रहेको छ । केही दिन यता जिल्लामा स्थिर रहेको अलैँचीको मुल्य पुनः उकालो लाग्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार पुगे ६ हजार ५ सय १२ जना भक्तजन
ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार एकैदिन ६ हजार ५ सय १२ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या कार्तिक महिना सुरू
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । शिविरको पहिलो हिजो ५ सय ८

प्रतिकृया दिनुहोस