ताप्लेजुङमा अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा
ताप्लेजुङ - कालो सुनको उपमा पाएको अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा रहेको छ । केही दिन यता जिल्लामा स्थिर रहेको अलैँचीको मुल्य पुनः उकालो लाग्ने क्रममा रहेको अलैँची व्यवसायी कमल बरालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार ताप्लेजुङमा डम्बरसाइ भलाङ्गेको मुल्य प्रतिमन (४० किलोग्राम) को १ लाख ९ हजार रुपैयाँ रहेको छ ।
केही दिन अघि सम्म सो परिणामको अलैँची १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै आज गोलसाई १ लाख ७ हजार र चालु (रामसाइ) १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बरालका अनुसार यो वर्ष डम्बरसाइ (भलाङ्गे) अर्थात गुणस्तरीय अलैँची १ लाख १४ हजार रुपैयाँ सम्ममा कारोबार भएको छ ।
यता अलैँचीको राजधानी भनेर परिचित जिल्लामा भने अघिल्ला वर्षको तुलनामा यो वर्ष कम उत्पादन भएको अलैँची किसानहरुको भनाइ छ । हिउँदयाममा खडेरी परेको र उचित सिँचाई सुबिधा नभएकोले यो वर्ष अलैँची उत्पादनमा कमी आएको किसानहरुको भनाई छ । अलैँची सुकाएर बेच्ने मुख्य समय भएकोले अलैँचीको मुल्य दैनिक रुपमा समाजिक सञ्जाल (फेसबुक) मार्र्फत जानकारी गराउँदै आएको व्यवसायी बरालले बताउनुभयो ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार पुगे ६ हजार ५ सय १२ जना भक्तजन
ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार एकैदिन ६ हजार ५ सय १२ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या कार्तिक महिना सुरू
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । शिविरको पहिलो हिजो ५ सय ८
अलैँचीको मूल्य बढेपछि किसान उत्साहित
ताप्लेजुङ - पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य

प्रतिकृया दिनुहोस