बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार पुगे ६ हजार ५ सय १२ जना भक्तजन

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार एकैदिन ६ हजार ५ सय १२ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या कार्तिक महिना सुरू भएयताकै सबैभन्दा बढी हो । गत असोज १२ गतेदेखि आएको बाढी, पहिरोले सडक अबरुद्धका कारण सुनसान जस्तै बनेको मन्दिर क्षेत्र मेची राजमार्ग र तमोर करिडोर सञ्चालनमा आएसंगै तीर्थयात्रीको संख्यामा बृद्धि भइरहेको पाथीभरा क्षेत्र बिकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो ।

 

 

पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुन थालेसँगै मंगलबार उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो । उहाँका अनुसार गत शनिबार ५ हजार ९ सय ८३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । गत असोज १२ देखि वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग सञ्चालनमा आएसंगै तीर्थयात्रीको आगमनमा वृद्धि हुँदै गएको र निरन्तर तीर्थयात्रीको संख्यामा वृद्धी हुने क्रममा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । दसैँको नवरात्रिको समयमा एकैदिन १५ हजार जनासम्म भक्तजनले पाथीभरा दर्शन गर्ने गरेकामा यसवर्ष सडक अवरुद्ध भएका कारण बाधक भएको पुर्कुटीकले बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा

ताप्लेजुङ - कालो सुनको उपमा पाएको अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा रहेको छ । केही दिन यता जिल्लामा स्थिर रहेको अलैँचीको मुल्य पुनः उकालो लाग्ने

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने

ताप्लेजुङ -  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । शिविरको पहिलो हिजो ५ सय ८

अलैँचीको मूल्य बढेपछि किसान उत्साहित

ताप्लेजुङ - पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य