ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा हिजोबाट सुरु भएको वृहत निःशुल्क स्वास्थ्य शिविर आज पनि जारी रहने भएको छ । शिविरको पहिलो हिजो ५ सय ८ जनाको स्वास्थ्य परीक्षण गरिएको पालिकाले जनाएको छ । पालिकाको केन्द्र तापेथोकस्थित सरस्वती माद्यमिक विद्यालयमा सुरु भएको शिविरमा १२ जनाको आँखा र १ जनाको कानको शल्याक्रिया गरिएको छ । परीक्षण गरिएकामध्ये १ जनाको जनरल सर्जरी सेवा गरिएको जनाइएको छ । बिशेष गरेर पालिकाका नागरिक स्वास्थ्यलाई ध्यानमा राख्दै आयोजना गरिएको वृहत शिविरमा अन्य पालिकाका स्थानीय समेत सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा मोतिबिन्दुको शल्यक्रिया सहितको आँखा रोग सेवा, जेनेरल मेडिसिन, छाला रोग नाक, कान, घाँटी लगायतको रोगहरुको परीक्षण तथा उपचार गरिनेछ ।
त्यस्तै स्त्री तथा प्रसुती रोग, दाँत रोग, सामाज्य शल्याक्रिया सेवा, कलेजो रोग सेवा, हाड तथा जोर्नी, बाल रोग, प्याथोलोजी, इन्डोस्कोपी साथै फार्मेसी लगायतका सेवाहरु प्रदान भईरहेको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई निःशुल्क खान तथा बस्नको लागि समेत व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
ताप्लेजुङमा अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा
ताप्लेजुङ - कालो सुनको उपमा पाएको अलैँचीको मुल्य पुन: वृद्धि हुने क्रममा रहेको छ । केही दिन यता जिल्लामा स्थिर रहेको अलैँचीको मुल्य पुनः उकालो लाग्ने
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार पुगे ६ हजार ५ सय १२ जना भक्तजन
ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा मंगलबार एकैदिन ६ हजार ५ सय १२ जना भक्तजनले दर्शन गरेका छन् । यो संख्या कार्तिक महिना सुरू
अलैँचीको मूल्य बढेपछि किसान उत्साहित
ताप्लेजुङ - पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य

प्रतिकृया दिनुहोस