शुक्रबार-असोज-२३-२०८३/ 09-Friday-October-2026

किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष

रेडियो तमोर
|

किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी ओपनएआईले किशोरकिशोरीका लागि च्याटजीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ । १३ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपनएआईले ३ अघि अगस्टदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ । यसअन्तर्गत किशोरकिशोरीलाई च्याटजीपीटीसँग अत्यधिक भावनात्मक रूपमा जोडिन नदिने, यौन प्रकृतिका सामग्रीमा रोक लगाउने तथा लामो समयसम्म लगातार प्रयोग गर्दा विश्राम लिन सम्झाउने व्यवस्था गरिएको छ । 

 

ओपनएआईका अनुसार किशोरकिशोरीले च्याटजीपीटीमा दैनिक औसत १५ मिनेटभन्दा कम समय बिताउने गरेका छन् । लामो समयसम्म प्रयोग गर्ने किशोरकिशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयमा बढी प्रश्न गर्ने गरेको कम्पनीको दाबी छ । तर, गैरनाफामूलक संस्था कमन सेन्स मिडियाले गरेको नयाँ अध्ययनले भने च्याटजीपीटी किशोरकिशोरीका लागि अझै पनि ‘अस्वीकार्य जोखिम’ रहेको निष्कर्ष निकालेको छ । संस्थाले १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि च्याटजीपीटीको प्रयोगमा रोक लगाउनसमेत सुझाव दिएको छ । 

 

कमन सेन्स मिडियाका अनुसार च्याटजीपीटीले किशोरकिशोरीसँग कुराकानी गर्दा साथी जस्तो व्यवहार गर्ने वा मानवीय शैलीमा कुराकानी गर्ने अवस्था पनि अझै देखिएको छ । यसबीच, बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभावबारे विश्वभर बहस बढिरहेको छ । किशोरकिशोरीले एआई च्याटबटको प्रयोग पढाइ र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानी र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको विज्ञहरूले बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

काठमाण्डौ – चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । चाडपर्व

नयाँ बसपार्क–हिरेवा दोभान सडक अलपत्र, छ वर्षमा एक तिहाइ काम पनि भएन

फुङलिङ, असोज २१ गते । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि मिक्वाखोला गाउँपालिका जोड्ने नयाँ बसपार्क–माछापोखरी–हिरेवा दोभान सडक निर्माण सुरु

विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु

↑