शुक्रबार-असोज-२३-२०८३/ 09-Friday-October-2026

चाडपर्वमा कुनै शंकास्पद गतिविधि भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह

रेडियो तमोर
|

काठमाण्डौ – चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो ।

 

नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा निःशुल्क फोन गर्न सक्नेछन् । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २४सै घण्टा फोन उठ्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । चाडपर्वका समयमा बढ्न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डीपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढाएको जनाएको छ । एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटिएको छ ।

 

 प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी र ओटीपी, पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन नागरिकलाई आग्रह गरेको छ । चाडपर्वका क्रममा लामो समय घरबाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले आग्रह गरेको छ । चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति व्यवस्था कायम गर्न नेपाल प्रहरीले ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

किशोरकिशोरीका लागि च्याटजीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष

किशोरकिशोरीले प्रयोग गर्ने च्याटजीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी

नयाँ बसपार्क–हिरेवा दोभान सडक अलपत्र, छ वर्षमा एक तिहाइ काम पनि भएन

फुङलिङ, असोज २१ गते । ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि मिक्वाखोला गाउँपालिका जोड्ने नयाँ बसपार्क–माछापोखरी–हिरेवा दोभान सडक निर्माण सुरु

विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु

↑