ताप्लेजुङमा सर्पले डस्दा १९ बर्षीया किशोरीको मृत्यु
बिक्रम लाम्गादे,
फुङ्लिङ - ताप्लेजुङमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । सोमबार जिल्लाको फुङ्लिङ नगरपालिका वडा नं. ९ हाङ्देवाकी १९ बर्षीया युना लिम्बुको सर्पको टोकाईबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पारिवारिक स्रोतका अनुसार बिरालोले घरभित्र सर्प ल्याएको थियो ।
सोही सर्पलाई फाल्नेक्रममा अचानक सर्पले लिम्बुलाई टोकेर घाइते बनाएको सोही वडाका वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । सोमबार सर्पले टोकेपछि घाईते भई घरेलु उपचार गरेर लिम्बु सुतेकी थिइन् । मंगलबार बिहान साढे ८ बजेको समयमा उनी मृत अवस्थामा रहेको पाइएको परिवारले बताएको छ । उनी हाङ्देवामा रहेको जनता माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै आएकी थिइन् ।
पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित
ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी
ताप्लेजुङमा १२ बोरे १ थान बन्दुक सहित युवक पक्राउ
ताप्लेजुङ - ताप्लेजुङमा १२ बोरे बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ बेलडाँगी भई फक्तालुङ गाउँपालिका–५,
ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विशेष छुटमा चामल बिक्री सुरु
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले

प्रतिकृया दिनुहोस