ताप्लेजुङ गोल्ड कप : पर्यटकीय स्थलहरुबाट खेल तालिका सार्वजनिक (खेल तालिका सहित)
ताप्लेजुङ - अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलहरुबाट सार्वजनिक गरिएको छ । आगामी भदौ १२ गतेबाट सञ्चालन हुने चौथो संस्करणको प्रतियोगिताबाट पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङको पर्यटकीय क्षेत्रमार्फत खेल तालिका सार्वजनिक गरिएको हो ।
लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फकताङलुङ गाउँपालिकाको पाँच हजार तीन सय मिटरको उचाइमा रहेको स्याम्दो ताल, चार हजार सात सय मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित आठ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको तालिका अनुसार उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ र जर्जियन युनाइटेड फुटबल क्लब भारतबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै भदौ १३ गतेको हुने क्वार्टरफाइनलको दोश्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब मैदान उत्रने भएका छन् । तालिका अनुसार भदौ १४ गते हुने तेश्रो खेलमा सातदोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबीच आमनेसामने हुने भएको छ । यस्तै क्वाटर फाइनल चरणको अन्तिम खेलमा झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुनेछ । सेमिफाइनल चरणका खेलहरू भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुनेछ ।
गत वर्षको गोल्डकपको खेल तालिका प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो भने यस वर्ष थप पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न पर्यटकीय क्षेत्रमार्फत सार्वजनिक गरिएको समितिले जनाएको छ । विभिन्न नयाँ ठाउँका खेलाडीलाई पर्यटकीय क्षेत्रमा भ्रमण गराउने समेत समितिको योजना रहेको अध्यक्ष मादेनको भनाइ छ ।
समितिले क्वाटर फाइनल चरणका चार ओटा खेलका लागि नगद दुई सय रुपियाँ, सेमिफाइनल चरणका लागि तीन सय र फाइनलका लागि पाँच सय रुपियाँ टिकट दर निर्धारण गरेको छ ।
यस वर्षको प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार त्रियासी रुपियाँ र उपविजेताले नगद तीन लाख बाहुन्न हजार त्रियासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।
खेल तालिका
ताप्लेजुङको लिम्बुदिनमा भाद्र १२ गतेदेखि भलिबल प्रतियोगीता हुने, बिजेताले २ लाख पाउने
एसिका सेन्दाङ लिम्बु, फुङ्लिङ - ताप्लेजुङको लिम्बुदिनमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीता हुने भएको छ । लाखेजात्रा मेलाको अवसरमा आगामी भाद्र
ताप्लेजुङको थेचम्बुमा तेश्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङ - ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेश स्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक
वार्षिकोत्सवको अवसरमा आयोजित ब्याडमिन्टनको उपाधि आईएमई लाईफको प्रतियोगीले हात पारे
ताप्लेजुङ – बीमा व्यवसाय क्षेत्रमा अब्बल सावित रहेको आईएमई लाइफ इन्स्योरेन्सले खेलकुद क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको छ । नेपाल बीमा

प्रतिकृया दिनुहोस