बुधबार-असोज-१४-२०८३/ 30-Wednesday-September-2026

ताप्लेजुङको लिम्बुदिनमा भाद्र १२ गतेदेखि भलिबल प्रतियोगीता हुने, बिजेताले २ लाख पाउने

एसिका सेन्दाङ
|

एसिका सेन्दाङ लिम्बु, 
फुङ्लिङ - ताप्लेजुङको लिम्बुदिनमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगीता हुने भएको छ । लाखेजात्रा मेलाको अवसरमा आगामी भाद्र १२ गतेदेखि १५ गते सम्म तीन दिन प्रतियोगीता हुने लिम्बुदिन लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगीताको बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिका अध्यक्ष टिका प्रसाद लिम्बुले जानकारी दिनुभयो । 

 

उहाँका अनुसार बिधागत रुपमा सर्बाेकृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच अन्र्तगत नगद १ हजार र ट्रफी प्रदान गरिने छ । यस्तै बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट लिब्रो र बेष्ट स्पाईकरलाई जनही नगद ३ हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ । प्रतियोगीता सिदिङ्वा गाउँपालिका–५, स्थित भञ्ज्याङ माध्यमिक बिद्यालयको खेलमैदानमा हुने छ । 
 

प्रतिकृया दिनुहोस

 ताप्लेजुङ गोल्डकप सञ्चालनका लागि साढे ९३ लाख बढी खर्च

ताप्लेजुङ -  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा ९३ लाख ७२ हजार २ सय ५० बढी खर्च भएको छ । लाखेजात्रा सञ्चालन समितिले शनिबार सदरमुकाम

‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधी सिराहालाई, पाँचथर १–० गोलअन्तरले पराजित

बिक्रम लाम्गादे, फुङ्लिङ - ‘अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप २०८३’ को उपाधी सलहेश युवा क्लब सिराहाले हात पारेको छ । शुक्रबार

नेपाल पुलिसलाई हराउँदै झापा ताप्लेजुङ गोल्डकपको सेमीफाइनलमा प्रबेश

ताप्लेजुङ - नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको सेमिफाइनलको समीकरण

↑