मंगलबार-भदौ-२-२०८३/ 18-Tuesday-August-2026

पत्रकार पन्दाक हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

रेडियो तमोर
|

ताप्लेजुङ – हेमा फेम्बु (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार चन्द्र बहादुर पन्दाक ‘प्रयास’ सम्मानित हुनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को स्थापना दिवसको अवसरमा पत्रकार पन्दाक नगद सहित सम्मानित हुनु भएको हो । 

 

फोनिज २७ औँ दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद १० हजार रुपैयाँ सहित पत्रकार पन्दाकलाई सम्मान गरिएको अध्यक्ष दिलकुमार फेम्बूले लिम्बुले जानकारी दिनुभयो । फोनिजको सङ्घीय सचिव माला पालुङ्वा, अक्षयकोष दाताका प्रतिनिधि खगेन्द्र फेम्बु लागयतका उपस्थितिमा उहाँलाई सम्मान गरिएको बताइएको छ । उहाँका अनुसार आदिवासी जनजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको उत्थान, संरक्षण तथा प्रवद्धनका लागि निम्ति पत्रकारिताको माध्यमबाट कलम चलाउनु भएका पत्रकार पन्दाकको योगदानलाई उच्च मल्याङ्कन गर्दै सम्मान गरिएको फोनिज ताप्लेजुङले जनाएको छ । 

 

जनजातिको हकहितको लागि पत्रकारिताको माध्यमबाट कलम चलाउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ गत वर्ष समाजसेवी व्यक्ति हेमा फेम्बूले फोनिज ताप्लेजुङ शाखाको मातहतमा रहने गरि एक लाख ५१ हजार रुपैयाँ अक्षयकोष स्थापना गर्नु भएको थियो । उक्त अक्षयकोषमार्फत प्राप्त हुने ब्याजमार्फत हरेक वर्ष एकएक जना सक्रिय पत्रकारलाई सम्मान गर्ने योजना अनुसार २७ औँ स्थापना दिवसको अवसरमा पन्दाकलाई सम्मान गरिएको हो । 

 

ताप्लेजुङबाट पकाशित उज्यालो पोष्ट दैनिकका प्रकाशक समेत रहनु भएका पन्दाक डेढ वर्षअघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ । फोनिजको स्थापना दिवस गत साउन २७ गते भएतापनि ताप्लेजुङ शाखाले सोमबार कार्यक्रमको आयोजना पन्दाकलाई सम्मान गरिएको हो । 

 

कार्यक्रममा प्रमुख अतिथि संघीय सचिव पालुङवा, अक्षयकोष दाताका प्रतिनिधि फेम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ताप्लेजुङका उपाध्यक्ष वाङ्गे शेर्पा, विभिन्न जातीय संस्थाका प्रतिनिधि एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा १२ बोरे १ थान बन्दुक सहित युवक पक्राउ

ताप्लेजुङ - ताप्लेजुङमा १२ बोरे बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ५ बेलडाँगी भई फक्तालुङ गाउँपालिका–५,

ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विशेष छुटमा चामल बिक्री सुरु

ताप्लेजुङ -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले

तीजमा ताप्लेजुङ सम्झाउँदै अन्जु, जुनु र देवीका

काठमाडौँ - यस वर्षको तीजको अवसरमा ताप्लेजुङ समाज नेपालले काठमाडौँमा ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्दैछ