शनिबार-श्रावण-३०-२०८३/ 15-Saturday-August-2026

ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा विशेष छुटमा चामल बिक्री सुरु

रेडियो तमोर
|

ताप्लेजुङ -  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको हो । 

 

कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा प्रतिबोरा (२५ किलोग्रामकोलाई) एक सय २५ रुपियाँ छुटमा चामल बिक्रीको कार्य सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि दुई हजार तीन सय रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल छुट सहित हाल उपभोक्ताले दुई हजार एक सय पचहत्तर रुपियाँमा पाउने भएका छन् । 

 

यस्तै यसअघि एक हजार पाँच सय पचास रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको सोना मन्सुली चामल छुटपछि हाल प्रतिबोरा एक हजार चार सय पच्चीस रुपियाँ उपभोक्ताले पाउने कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । कार्यालयका अनुसार उपभोक्ताले प्रति किलोग्राम पाँच रुपियाँ छुटमा चामल खरिद गर्न पाउने भएका छन् । 

 

सरकारले विगतका वर्षमा दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल वार्षिक उत्सवको अवसर पारेर यस वर्ष झण्डै एक महिनाअघि नै सञ्चालनमा ल्याएको हो । चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा चाँडै सुपथ मूल्य पसल सञ्चालन गरि उपभोक्तालाई छुट प्रदान गरिएको कार्यालय प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । दशैँ–तिहारको मुख्य खरिद अवधि शुरु हुनुअघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ ।

 

खाद्य व्यवस्थामार्फत अन्य क्षेत्रमा चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध हुँदै आएपनि ताप्लेजुङमा हाल सम्म चामल मात्र बिक्री भइरहेको छ । अब भने ताप्लेजुङमा समेत चामल बाहेकका अन्य दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने पहल आफ्नो तर्फबाट भइरहेको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । विशेषगरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रतिकिलो पाँच रुपैयाँको छुटले खरिद खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

 

खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले गत आर्थिक वर्ष २०८२÷०८३ मा झण्डै एक करोड छ लाख बढीको एक हजार पाँच सय क्विन्टल चामल बिक्री गरेको छ ।

 

प्रतिकृया दिनुहोस

ताप्लेजुङ गोल्ड कपमा सहभागी हुने आठवटै टिमको टुङ्गो लाग्यो

ताप्लेजुङ - अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठवटै टिमको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने

ताप्लेजुङमा ९७ प्रतिशत धान रोपाइँ

ताप्लेजुङ - ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब २१ प्रतिशत बढी धान रोपाइँ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा

तीजमा ताप्लेजुङ सम्झाउँदै अन्जु, जुनु र देवीका

काठमाडौँ - यस वर्षको तीजको अवसरमा ताप्लेजुङ समाज नेपालले काठमाडौँमा ‘हरितालिका तीज तथा ताप्लेजुङ नारी सम्मान कार्यक्रम–२०८३’ आयोजना गर्दैछ