खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री
ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ स्थापना दिवसको अवसरमा बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।
लिमिटेडका कार्यालय प्रमुख प्रकाश तिमल्सिनाका अनुसार विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई स्थापना दिवसको अवसरमा सामाग्री प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत लिमिटेडले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि टेवा पु¥याउने उद्देश्यले सामाग्री प्रदान गरिएको कार्यालय प्रमुख तिम्सिनाले बताउनुभयो । कार्यालयका अनुसार छात्रावासमा रहेका विद्यार्थीका लागि २५ केजी चामल र अभ्यास पुस्तिका उपलब्ध गराइएको छ ।
सामाग्री फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा लगायतको उपस्थितिमा वितरण गरिएको छ । सामाग्री प्रदान पछि उपप्रमुख ओझाले विद्यार्थीको शैक्षिक विकासका लागि उपलब्ध गराएको सहयोग प्रति धन्यवाद प्रकट गर्दै विद्यार्थीको उज्वल भविष्यको कामना गर्नु भएको छ । यता सहयोगी संस्था खाद्य व्यवस्थाप्रति विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेलले आभार प्रकट गर्नू भएको छ ।
सुस्त श्रवण तथा बहिरा सम्बन्धी अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने बाल मन्दिर आधारभुत विद्यालयमा विभिन्न सङ्घ संस्थाले सामाजिक उत्तरदायित्वबाट र समाजसेवी नागरिकले समेत जन्मदिन तथा स्मृति दिवसको अवसर सामाग्रीहरू प्रदान गर्दै आइरहेका छन् । विद्यालयमा २४ जना सुस्त श्रवण तथा बहिरा सम्बन्धी बालबालिका र ६१ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट
ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी
ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो
ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि
ताप्लेजुङमा सुरु भयो लाखे नाच
ताप्लेजुङ - ताप्लेजुङमा लाखे नाच सुरु भएको छ । मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाएर लाखे नाच सुरु भएको हो । नेपाल भाषा तथा सांस्कृतिक

प्रतिकृया दिनुहोस