ताप्लेजुङमा सुरु भयो लाखे नाच
ताप्लेजुङ - ताप्लेजुङमा लाखे नाच सुरु भएको छ । मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाएर लाखे नाच सुरु भएको हो ।
नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले शुभकामना आदान–प्रदानसहित फुङलिङ–जौवारीस्थित भीमसेनथान मन्दिर परिसरमा पूजा गरी घण्टाकर्ण पर्व मनाएको छ । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्णलाई गठामङ्गलसमेत भनिन्छ । पर्वका अवसरमा नरभक्षी राक्षसको प्रतीक बनाएर विधिवत् पूजा गरी जलाइएको थियो ।
यो सँगै लाखे नाचको सुभारम्भ गरिएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठका अनुसार अब प्रत्येक दिन लाखे नाच प्रदर्शन गरिनेछ। कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललगायतले घण्टाकर्ण र लाखे नाच नेपाली संस्कृति र सभ्यताको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
उहाँहरूले पर्वलाई शान्तिपूर्ण, सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गर्नुभएको छ । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा अधिकारी, सामाजिक अगुवा तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री
ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट
ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी
ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो
ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि

प्रतिकृया दिनुहोस