शनिबार-श्रावण-३०-२०८३/ 15-Saturday-August-2026

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो 

एसिका सेन्दाङ
|

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि सञ्चालन गर्ने प्रतियोगिताको टिकट दर घटाएको हो ।

 

समितिका अध्यक्ष सागर मादेनका अनुसार क्वाटरफाइनमा दुई सय रुपैयाँ, सेमिफाइनलमा तीन सय रुपैंया र फाइनलका लfगि पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । समितिको आधिकारिक अफिसियल फेसबुकमार्फत अध्यक्ष मादेनले श्रव्य दृश्य सार्वजनिक गर्दे टिकट दर घटाइएको जानकारी दिनुभएको हो । 

 

यस अघि समितिले क्वाटरफाइनमा तिन सय रुपैयाँ, सेमिफाइनलको लागि पाँच सय रुपैयाँ र फाइनलका लागि एक हजार रुपैयाँ टिकट दर तोकेको थियो । सो टिकट प्रति जिल्ला बासिले चौतर्फी आलोचना गरे पछि समितिले टिकट दर समायोजन गरेको हो ।   

 

गत वर्ष करिब टिकटबाट ३० लाभ रुपैयाँ भन्दा बढी सङ्कलन गरेको समितिले क्वाटर फाइनलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपैयाँ टिकट दर निर्धारण गरेको थियो । हरेक वर्ष आर्थिक सहयोग मागेर खेल सञ्चालन गरिरहेको समितिले टिकटलाई समेत प्रमुख आयश्रोतको रुपमा लिएको छ । जसका कारण लाखौँ रकम खर्चिएर दर्शकको व्यवस्थापनका लागि अस्थायी प्याराफिट निर्माणको कार्यलाई तिव्रता दिएको छ । 

 

जिल्लामा सुविधा सम्पन्न रङ्गशाला नहुदाँ हरेक वर्ष लाखौँ रकम खर्चिएर बाँसको अस्थायी प्याराफिट निर्माण गर्न समितिको बाध्यता रहेको  छ । 

प्रतिकृया दिनुहोस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री

ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट 

ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी

ताप्लेजुङमा सुरु भयो लाखे नाच

ताप्लेजुङ -  ताप्लेजुङमा लाखे नाच सुरु भएको छ । मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाएर लाखे नाच सुरु भएको हो ।   नेपाल भाषा तथा सांस्कृतिक