ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका स्वास्थ्य सूचक प्रगति मापनका आधारमा उत्कृष्ट
ताप्लेजुङ – ताप्लेजुङका स्थानीय तहबाट सञ्चालित स्वास्थ्य कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा कार्यसम्पादन सूचकका आधारमा आठराई त्रिवेणी गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । जिल्लाका ९ स्थानीय तहमध्ये स्वास्थ्य कार्यक्रमको समग्र मूल्याङ्कनमा आठराई त्रिवेणी गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारायण दुलालका अनुसार स्वास्थ्य सूचकको प्रगति, तथ्याङ्कको गुणस्तर, कार्यक्रम कार्यान्वयनको अवस्था तथा समग्र उपलब्धिको मूल्याङ्कनका आधारमा आठराई त्रिवेणी गाउँपालिकाले जिल्लाका अन्य स्थानीय तहलाई पछि पारेको हो । स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको प्रभावकारिता र कार्यसम्पादन मापन गरी उत्कृष्ट पालिका छनोट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरेको थियो । सोही समीक्षाका क्रममा स्थानीय तहअन्तर्गतका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य संस्थाको कार्यसम्पादन, तथ्याङ्क व्यवस्थापन तथा स्वास्थ्य सूचकमा भएको प्रगतिलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कनपछि उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सूचना अधिकारी दुलालका अनुसार स्वास्थ्य सूचकको समग्र मूल्याङ्कनमा फुङलिङ नगरपालिका दोस्रो स्थानमा आएको छ भने मेरिङदेन गाउँपालिका तेस्रो भएको छ । जिल्लाका अन्य स्थानीय तहको तुलनामा स्वास्थ्य कार्यक्रम सञ्चालन तथा उपलब्धिका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आठराई त्रिवेणीले पहिलो स्थान हासिल गरेको हो ।
वार्षिक समीक्षा कार्यक्रमका क्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारी, ल्याब टेक्निसियन निरीक्षक तथा सूचना अधिकारी उदयनारायण दुलाल, जनस्वास्थ्य अधिकृत रुपेशकुमार यादव तथा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रेवा कृष्ण थापालगायतले उत्कृष्ट घोषित स्थानीय तहका स्वास्थ्य शाखालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
आफ्नो गाउँपालिका स्वास्थ्य सूचकको प्रगतिका आधारमा जिल्लामै पहिलो भएपछि आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू ९दीपेन० ले उपलब्धिलाई साझा प्रयासको परिणामका रूपमा लिनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित सबैको योगदानका कारण गाउँपालिका उत्कृष्ट बन्न सफल भएको बताउनुभएको छ ।
अध्यक्ष पोमूले प्राप्त उपलब्धिप्रति गर्व व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न प्रेरणाका रूपमा लिने बताउनुभयो । उहाँले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका अझ बढी जिम्मेवार, प्रतिबद्ध र सेवामुखी भएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले दियो खाद्य तथा शैक्षिक सामाग्री
ताप्लेजुङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामाग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ
ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो
ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो संस्करणको टिकट दर घटाइएको छ । लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गते देखि
ताप्लेजुङमा सुरु भयो लाखे नाच
ताप्लेजुङ - ताप्लेजुङमा लाखे नाच सुरु भएको छ । मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाएर लाखे नाच सुरु भएको हो । नेपाल भाषा तथा सांस्कृतिक

प्रतिकृया दिनुहोस